कनकाई अनलाईन
नेकपा एमाले निकट अखिल नेपाल पिछडावर्ग महासंघ ओबिसीको झापा जिल्ला अध्यक्षमा झापा सुरुङ्गाका विद्यार्थी नेता रविन गुप्ता सर्वसम्मत चयन भएका छन ।
बिर्तामोडको पार्टी कार्यालयमा भएको महासंघको प्रथम जिल्ला अधिवेशनले गुप्ताको अध्यक्षतामा कार्यसमिति गठन गरेको हो । कमिटीको उपाध्यक्षमा आशिष मण्डल, सचिवमा आकाश महत्तो, उपसचिवमा देवकुमार शाह र सदस्यहरुमा दिपक यादव, राजेश शाह, श्रवणकुमार शर्मा, प्रकाश शर्मा, पिङ्की दास, कृष्ण शाह र राजकुमार मण्डल रहेका छन ।
पिछडावर्ग महासंघका संयोजक डम्बर यादवको सभापतित्वमा आयोजित कार्यक्रमको प्रमुख अतिथि पिछडाबर्ग महासंघका केन्द्रिय अध्यक्ष अखिल नेपाल पिछडाबर्ग महासंघका केन्द्रिय अध्यक्ष तेजप्रकाश निषाद रहनुभएको थियो । कार्यक्रममा पिडडाबर्ग महासंघका केन्द्रिय उपाध्यक्ष बालेश्वर कामत, नेकपा एमाले झापाका उपसचिव तथा मोर्चा विभाग प्रमुख असारु राजवंशी लगायातको आतिथ्यता रहेको थियो ।