इन्द्रसिंह राजबंशी/
नेपालले सन् २०१७ भित्र देशलाई खुल्ला दिसामुक्त घोषणा गर्ने लक्ष्य लिएको छ । २०१७ सकिन अब चार महिना मात्र बा“की छ ।चार बर्षसम्म गर्न नसकेको काम अब चार महिनामा पूरा गर्न बिल्कुलै संभव छैन ।
लक्ष्यअनुरुप काम पूरा गर्न नसक्ने भएपछि सरकारले खुल्ला दिसामुक्त अभियानका लागि अर्को समयसीमा तोक्नुको बिकल्प छैन ।त्यसो त राष्ट्रिय लक्ष्य भन्दा एक कदम अगाडि बढेर झापा जिल्लाले सन् २०१६ भित्रै खुल्ला दिसामुक्त घोषणा गर्ने प्रतिबद्धता जनाएको थियो ।पूर्वाञ्चलको बिराटनगरमा गएर झापाका सरोकारवाला निकायका जिम्मेवार प्रमुखहरुले हाम्रो जिल्लालाई खुल्ला दिसामुक्त बनाउछौं भनेर हस्ताक्षर गरेका थिए ।२०१६ को कुरै छाडौं, २०१७ सकिन लाग्दा जिल्लाको एउटा मात्र गाउ“पालिका खुल्ला दिसामुक्त घोषणा भएको छ ।
केही दिन अघि बिर्तामोडमा खुल्ला दिसामुक्त अभियानका बारेमा साझेदार संस्थाहरुले पत्रकारहरुसंग एउटा अन्तरक्रिया कार्यक्रम राखे । तोकिएको समयसीमाभित्र अभियान सम्पन्न नहुने भएपछि सञ्चार क्षेत्रसंग सहकार्य गर्ने र संचारकर्मीलाई गुहार्ने आयोजकको उदेश्य थियो ।
अभियान असफल बन्न लागेपछि अन्तिम समयमा साझेदार संस्थाहरुले गरेको हारगुहारलाई संचारकर्मीहरुले सहजै नबुझ्ने कुरै भएन ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको तथ्यांकले जिल्लाका ८० प्रतिशत घरधुरीमा सरसफाइ र ८५ प्रतिशत घरधुरीमा खानेपानीको पहु“च पुगेको देखाएको छ ।जिल्लामा साविक ८ नगरपालिका र ३३ गाउ“ विकास समितिमध्ये हालसम्म दुवागढी,खुदुनावारी,धाइजन,बुधवारे,जलथल,लखनपुर,धरमपुर र शान्तिनगर गरी ८ गाविस मात्र खुल्ला दिसामुक्त घोषणा भएका छन् ।
अहिलेको स्थानीय तहको पुनरसंरचनालाई हेर्दा बुद्धशान्ति गाउ“पालिका मात्र खुल्ला दिसामुक्त घोषणा भित्र पर्न सकेको छ ।पूर्व पश्चिम राजमार्गदेखि उत्तर र राजमार्ग आसपासका नगरपालिका र गाउ“पालिकामा त्यति धेरै समस्या छैन । जटिल समस्या दक्षिणी सिमावर्ती क्षेत्रका गाउ“पालिकाहरुमा छ ।जहा“ आदिवासी,मधेसी र मुस्लिमहरु बसोबासरत् छन् । कचनकवल गाउ“पालिकाको ९ हजार ६६ घरधुरीमध्ये ५ हजार ४ सय १४ घरधुरी शौचालयबिहीन छन् ।त्यहा“ ३ हजार ६ सय ५४ घरधुरीमा मात्र शौचालय छ ।त्यस्तै गौरीगञ्ज गाउ“पालिकाका ५८.१ प्रतिशत र झापा गाउ“पालिकाका ५१.३६ प्रतिशत बासिन्दाले अझै खुल्ला ठाउ“मा दिसापिसाव गरिरहेका छन् ।
त्यसो त नेपालीहरुले चर्पीमा दिसापिसाव गर्न थालेको धेरै भएको छैन । नेपालमा चर्पीको पहु“च हुने जनसंख्या सन् १९९० मा मात्र ६ प्रतिशत रहेको थियो ।त्यतिबेला काठमाण्डौं उपत्यका र केही शहरमा मात्र शौचालय प्रयोग गरिन्थ्यो ।अधिकांश नेपालीले खुल्ला ठाउ“मै दिसापिसाव गर्ने गर्थे । पहाडकाहरु भmाडी पस्थे भने तराईकाहरु खोला जान्थे ।तर सन् २०१० मा आईपुग्दा ४३ प्रतिशत ह“ुदै २०११ मा ६२ प्रतिशत र २०१६ को अन्त्यसम्म ८७ प्रतिशतको हाराहारीमा शौचालय निर्माण भई प्रयोग भएको पाईयो । चर्पी बनाउने अभियानमा पहाडे मूलका मानिसहरु अग्रसर हुदै गए भने तराईवासीहरु पछि पर्दै गए । अझै पनि शौचालय नबनाएर खुल्ला ठाउ“मा दिसापिसाव गर्ने तराईवासीहरु नै बढी छन् ।जसका कारण देशब्यापीरुपमा संचालन भईरहेको खुल्ला दिसामुक्त अभियान असफल बन्ने देखिएको छ । एक जमानामा संगै बाटोमा दिसा गर्ने पहाडे मूलका मानिसहरुले कसरी शौचालय बनाईसकेर सुग्घरी भए तर तराईवासीहरु अझै बाटोमै किन दिसा गरिरहेका छन् त ? खुल्ला दिसामुक्त अभियानमा लागेका सरसफाइ अभियन्ताहरुले मसिनो गरी जवाफ खोज्नुपर्ने सवाल हो यो । केवल तराईवासीहरुलाई असभ्य,कुसंस्कारी र फोहोरी भनेर अपहेलना र विभेद गरेर हुदैन, न उनीहरुलाई शौचालयका लागि बाध्य पारिनु न्यायसंगत हुने छ ।
घोडालाई कुद्न दिनका लागि लगाम खुकुलो पार्नुपर्छ । एक हातले लगाम तानेर अर्को हातले बेस्सरी कुट्दैमा घोडा दगुर्न सक्दैन । यतिखेर यो चोटमा तराईवासीहरु छन् ।
परिवर्तनलाई आफ्नो कब्जामा राखेर अरुमा बद्लाव हेर्ने कुचेष्टा गरिदैछ ।तराईवासीहरुलाई परिवर्तनशील बनाउन परिवर्तनका सबै ढोकाहरु खोलिदिनुप¥यो नि π अनि न उनीहरुले परिवर्तनलाईं आत्मसाथ गर्न सक्छन् । राजनीतिक, आर्थिक, सामाजिक र शैक्षिक स्तरले मानिसमा परिवर्तन ल्याउ“छ । यी सबै बाटाहरु बन्द गरिदिएर शौचालयका लागि मात्र परिवर्तन खोजेर हुदैन ।अर्को कुरा, कसैको जीवनमा परिवर्तन आफै आउ“दैन । परिवर्तन ल्याउन सक्नुपर्छ । समय अनुसार परिवर्तनलाई तराईवासीहरुले आत्मसाथ गर्न नसकेकै हुन् । सरसफाइको जटिल समस्या रहेको कचनकवल,झापा र बाह्दशी गाउ“पालिकाका तीनैजना प्रमुख तराईवासी हुन् ।शिक्षा र चेतनाको अभावकै कारण सरसफाइमा ध्यान जान नसकेको तीनैजनाको समान बुझाई छ ।
कचनकवल गाउ“पालिकाका अध्यक्ष अन्जार आलम भन्छन् –चेतना नभएरै होला पक्की घर हुनेले पनि शौचालय बनाएका छैनन् । बाह्दशी गाउ“पालिकाका अध्यक्ष खड्ग राजबंशी र झापा गाउ“पालिकाका अध्यक्ष जयनारायण शाहका अनुसार गरिबीका कारणले गर्दा पनि धेरैले शौचालय बनाउन सकेका छैनन् । आफ्नो भिटा मात्र भएकाले सुत्ने माटोको घर मुश्किलले बनाएका हुन्छन् झन् अरुको भिटामा बस्नेहरुले आफै कसरी शौचालय बनाउन सक्छन् ? राजबंशीको प्रश्न छ ।अझ भर्खरैको बाढीले तिनै गरिब निमुखाहरुको घरवार भत्काएर क्षति पु¥याएको छ ।
झापा जिल्लालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणाका लागि अहिले बिभिन्न गैरसरकारी संस्थाहरु क्रियाशील देखिएका छन् । ग्लोबल स्यानिटेसन फण्ड अन्तर्गत यु.एन. ह्याबिट्याटको सहयोगमा चारवटा साझेदार संस्थाले साविक ४ नगरपालिका र २१ गाविसमा खुल्ला दिसामुक्त अभियानको सहजीकरण गरिरहेका छन् ।सहारा नेपालले घेरावारी,राजगढ,डागीवारी,गरामनी ,शरणामती, गोलधाप,तोपगाछी र गौरादह नगरपालिका , विराट सामुदायिक अध्ययन केन्द्रले केचना,पथरिया,बालुवाडी,बनियानी,पाठामारी,पृथ्वीनगर, ज्यामिरगढी,कन्काई र शिवसताक्षी नगरपालिका, सगरमाथा सामुदायिक विकास केन्द्रले पा“चगाछी, महाभारा, कोरोवारी, गौरीगञ्ज,खजुरगाछी, टाघनडुब्बा र कुमरखोद, मानव बिकास केन्द्रले बिर्तामोड नगरपालिका तथा भद्रपुर र अर्जुनधारा नगरपालिकाले आफै खुल्ला दिसामुक्त अभियान संचालन गरिरहेका छन् ।
अभियानको लागि यु.एन. ह्याबिट्याटले साढे ३ करोडभन्दा बढीको सहयोग गरेको छ । चार बर्षे अभियानको अन्तिम समयमा यो बजेट खर्च भईरहेको हो । यतिका बजेट र यतिका संघसंस्था लागिरहदा खुल्ला दिसामुक्त अभियान अझै गाउ“घर र बस्तीस्तरसम्म पुग्न सकेको छैन । अपनत्व हुने गरी लक्षित समुदायलाई अभियानमा समेट्न सकेको छैन । कोठा र सभाहलमा कार्यक्रम गरेर भत्ता पचाउने मेलो मात्र भएको टिप्पणी धेरै जनाबाट सुन्न सकिन्छ ।शौचालय निर्माण नगर्नु, गर्न नसक्नु र निर्माण गरेर पनि प्रयोग नगर्नुको कारण मसिनो ढंगले केलाउन जरुरी छ । सरसफाइ अभियन्ताहरुले उनीहरुको भावना र समस्या बुझ्न सकेनन् कि अभियानका बारेमा बुझाउन सकिरहेका छैनन् ? समस्याको गहिराईमा जान नसकुन्जेलसम्म लाखौं बजेट खर्च गरेर र तराईवासीहरुलाई बाध्य पारेर यो अभियानलाई सफल बनाउन सकिदैन ।