Kanakai Online

झापा गाउँपालिकामा पहिलो ट्याक्ट्रर शोरुम।


मङ्गलवार, फागुन १८, २०७७ |

कामाटोली,फागुन १८।झापा गाउँपालिकामै पहिलो पटक सोनालिका ट्याक्ट्ररको शोरुम झापा गाउँपालिका-३ कामाटोली बजारमा राखिएको छ।बिर्तामोडमा रहेको आध्याश्री इन्टरनेसनल ट्याक्ट्रर शोरुमले आफ्नो सम्पर्क कार्यालय बिस्तार गर्दै कामाटोलीमा शोरुमको स्थापना गरेको हो।

झापा गाउँपालिकामा धेरै जनसंख्या कृषीमा निर्भर रहेकोले सोनालिकाको शोरुम राखिएको झापा गाउँपालिकाका मार्केटिङ मेनेजर दिपलाल चौधरीले बताए।चौधरीले झापा गाउँपालिकाका किसानहरु अब बिर्तामोड गएर ट्याक्ट्रर किन्नु पर्ने झन्झटबाट मुक्त भएको भन्दै यो शोरुम झापा गाउँपालिकामै पहिलो भएको दाबी गरे।उनले सोनालिका ट्याक्ट्रर किसानका लागि पहिलो रोजाइ हुने र यहाँ सम्पर्क कार्यालय भएकाले किसानलाई ट्याक्ट्रर किन्न सहज हुने बिश्वास व्यक्त गरे।

यता झापा गाउँपालिका-३ का अगुवा कृषक चन्द्रप्रसाद बस्नेतले झापा गाउँपालिकामै ट्याक्ट्रर शोरुम राखिएकाले किसानलाई सहज हुने बताएका छन।उनले पछिल्लो समय कृषि क्षेत्रमा ट्याक्ट्ररको आवश्यकता अती रहेको भन्दै यस क्षेत्रमा शोरुमको स्थापना किसानका लागि खुसीको कुरा हुने बताए।

सम्बन्धित खबर