Kanakai Online

बिर्तामोड उद्योग वाणिज्य संघलाई नवीन रुपान्तरण गर्ने उद्घोष सहित मैनालीको उम्मेदवारी।


सोमवार, फागुन ३, २०७७ |

बिर्तामोड,फागुन ३।बिर्तामोड उद्योग वाणिज्य संघलाई नवीन रुपान्तरण गर्ने उद्घोष सहित महा-सचिवमा अर्जुनकुमार मैनालीको उम्मेदवारी पक्का भएको छ।आउँदो फागुन १६ गते हुने संघको निर्वाचनका लागि मैनालीको उम्मेदवारी पक्का भएको हो।

हल्दिबारी-३ मा रहेको कावेली सिमेन्ट उद्योग,बिर्तामोड-२ मा रहेको पाथिभरा स्टिल इन्डस्टृज,ओमकार कंक्रीट रेडिमिक्स,ओम काष्टिङ उद्योग,बि एण्ड बि हार्ड वेयर लगायतका व्यवसायमा आवद्द मैनाली नेपाल उद्योग परिसंघका सदस्य तथा डायनमिक क्लब झापाका अध्यक्ष समेत हुन।”समर्पित नेतृत्व,सकारात्मक सोच,व्यवसाय वृद्दीमा नयाँपनको खोज” भन्ने मुल नाराका साथ आफुले उम्मेदवारी दिएको मैनालीले बताउनु भयो।उहाँले लामो समय देखि एक पक्षियरुपमा चलिआएको व्यवसायलाई नयाँ सोच सहित विकास गर्नमा आफ्नो उम्मेदवारी रहेको प्रष्ट पार्नुभयो।मैनालीले बिर्तामोड जस्तो बिकासोन्मुख सहरमा यहाँका व्यवसायीलाई उत्पादन मुलक व्यवसायमा लगाउन आफू संग नयाँ भिजन रहेको दाबी गर्नुभयो।

यता संघको चुनावी सरगर्मी बढे संगै विभिन्न राजनितिक दलहरुले प्यानल बनाएर उम्मेदवारी घोषणा गर्ने तयारीमा रहेको बुझिएको छ।मैनाली भने राप्रपा र नेकपा निकट उम्मेदवार रहेको बुझिएको छ।कुल ४६०० मतदाता रहेको संघमा जुझारु युवा मैनालीको पल्ला भारी रहेको व्यवसायीको अनुमान रहेको छ। बिर्तामोड-१ निवासी मैनालीको रुपान्तरणको सोचले जित हासिल गर्ला नगर्ला त्यो भने आगामी १६ गते हुने चुनावले बताउला।

सम्बन्धित खबर