कामाटोली, माघ २८ । जनता समाजवादी पार्टी झापाले वुधवार झापा गाउँपालिका-३ कामाटोलीमा राँके जुलुस प्रदर्शन गरेको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको असंवैधानिक संसद विघटनको खारेजीको माग गर्दै जनता समाजवादी पार्टी झापाले राँके जुलुस प्रदर्शन गरेको जनाएको छ।
जसपाले साँझ करिव ७ वजे झापा गाउँपालिका कार्यालयको छेउवाट राँके जुलुस निकाली कामाटोली वजार परिक्रमा गरेको थियो।जुलुस नारावाजी गर्दै टेम्पु स्टेण्डमा कोणसभामा परिणत भएको थियो । कोण शभामा जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष दिपेनवाला राईले संविधान र लोकतन्त्र रक्षाका लागि सवै लोकतन्त्रवादीहरुले ओली सरकारको संसद विघटनको असंवैधानिक कदमको विरोध गर्नु पर्ने बताए । त्यस्तै प्रदेश नेता गौरीमान राईले केपी ओलीले आफ्नो व्यक्तिगत स्वार्थका लागि संसद विघटन गरेको भन्दै विफल बनाउन सवै नेपाली जनताले त्यसको प्रतिकार गर्नु पर्ने बताए ।
राँके जुलुसमा युवा जिल्ला अध्यक्ष महेन्द्र कटुवाल , तोयानाथ न्यौपाने , विश्वनाथ राजवंशी , सूर्यनारायण गणेशलगायतका नेताले आफ्नो बिचार राखेका थिए।