Kanakai Online

सन्थाल फुटबल प्रतियोगितामा गौरिगञ्ज,अर्जुधारा र भद्रपुर बिजयी।


सोमवार, माघ १२, २०७७ |

मदरगाछ,माघ १२।सन्थाल समाज झापा गाउँपालिका-७ को आयोजनामा जारी जिल्ला स्तरिय सन्थाल नकाउट फुटबल प्रतियोगिताको आज भएको पहिलो खेलमा तुलाचन गौरिगञ्जले जित हासिल गरेको छ।झापा गाउँपालिका-५ पन्थापाडालाई २-१ को गोल अन्तरले हराउदै गौरिगञ्ज बिजयी बनेको हो।गौरिगञ्जका तर्फबाट जेठा किस्कुले २ गोल लगाउदै आफ्नो टिमलाई अग्रता दिलाएका थिए।पंन्थापाडाका तर्फबाट देबिलाल बास्केले १ गोल फर्काएका थिए।

त्यस्तै  झापा  गाउँपालिका-२ सुगाबथान र सालबारी अर्जुनधारा बिच भएको दोस्रो खेलमा अर्जुनधारा बिजयी बनेको छ।निर्धारित समयमा गोलरहित बराबर भए पछी ट्राइबेकरमा अर्जुनधाराले जित हात पारेको हो।ट्राइ बेकरमा अर्जुनधाराले ४-२ को गोल अन्तरले सुगाबथानलाई पराजित गरेको थियो।त्यस्तै तेस्रो खेल कनकाई र हात्तीमारा भद्रपुर बिच भएको थियो।जसमा ३-० को गोल अन्तरले भद्रपुर बिजयी बनेको छ।भद्रपुरका तर्फबाट श्याम मर्डी,देवु किस्कु र नातन किस्कुले १/१ गोल लगाउदै आफ्नो टिमलाई बिजयी बनाएका थिए।

प्रतियोगितामा विजेतालाई २५ हजार,उप–विजेतालाई १५ हजार नगद तथा ट्रफि मेडल र प्रमाण पत्र प्रदान गरिने सन्थाल समाजका अध्यक्ष नरेश मुर्मुले जानकारी दिनु भएको छ ।जिल्लाका १६ टिमले सहभागीता जनाएको प्रतियोगितामा खेलाडीहरु सन्थाल समुदायकै युवा रहने उहाँले बताउनु भयो।मुर्मुका अनुसार १७ गते प्रतियोगिताको फाइनल खेल हुनेछ भने फाइनल खेलकै अबसरमा हाइस्कोरर र म्यान अफ द म्याच घोषीत १/१ जनालाई ट्रफी,मेडल र प्रमाण पत्र दिइनेछ।

सम्बन्धित खबर