Kanakai Online

मदन भण्डारी स्पोर्टस एकेडेमी गाउँ कमिटी गठन,अध्यक्षमा खड्का।


सोमवार, पौष २०, २०७७ |

शरणामती,पौष २०।मदन भण्डारी फाउन्डेसन झापा गाउँपालिका कमिटीले झापा गाउँपालिका स्तरिय वृहत युवा तथा विद्यार्थी भेलाको आयोजना गरि मदन भण्डारी स्पोर्टस एकेडेमी गाउँ कमिटी गठन गरेको छ।भेलाले जगत खड्काको अध्यक्षतामा ३१ सदस्यीय कार्यसमिती चयन गरेको हो।

नेपाल कम्युनिस्ट पार्टी(नेकपा) झापा गाउँपालिका कमिटीका गजेन्द्र ताम्लीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का केन्द्रीय सदस्य तथा झापा क्षेत्र नं-४ का निवर्तमान सांसद एलपी साबाँ लिम्बुको प्रमुख आथित्यता रहेको थियो।कार्यक्रममा प्रदेस सभा सदस्य हिरा थापा,झापा गाउँपालिका उपाध्यक्ष कुन्तीदेवी बुढाथोकी,जिल्ला कमिटी सचिवालय सदस्य भक्तबहादुर बानियाँ लगायतको विशिष्ट आथित्यता रहेको थियो।

मोहन घिमिरेको स्वागत मन्त्यब्यबाट सुरु भएको कार्यक्रममा मदन भण्डारी स्पोर्टस एकेडेमी झापा जिल्लाका उपाध्यक्ष ज्ञानेन्द्र कुलुङ्ग,अनेरास्यब्युका केन्द्रीय सदस्य मनोज ताम्ली,स्पोर्टस एकेडेमीका केन्द्रीय सदस्य डम्बर अधिकारी,जिल्ला कमिटी सचिवालय सदस्य भक्तबहादुर बानियाँ लगायतले मन्तब्य राख्नुभएको थियो।मन्त्यब्य राख्ने क्रममा युवा नेता ताम्लीले खेलकुदको बिकासमा जोड दिदै मदन भण्डारीको जबजको सिद्दान्तमा भएका कम्युनिष्ट आन्दोलनमा नेपालीले गरेको योगदानमा केही नेताको पदलोपका कारण ठेस पुगेको बताउनु भयो।उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीको समृद्व नेपालीको सपना अब निर्वाचनबाट मात्रै सम्भव भएको बताउनु भयो।

कार्यक्रममा विशिष्ट अथिती हिरा थापाले एक दुई कम्युनिस्टले बाटो बिराए भन्दैमा कम्युनिष्ट सिदान्त नडगमगाउने धारणा व्यक्त गर्नुभयो।थापाले सबै कम्युनिस्टलाई एकै छातामुनी हुन आग्रह गर्नुभयो। कार्यक्रममा प्रमुख अतिथी साबाँले कम्युनिष्ट एकता आजको आवश्यकता रहेको बताउनु भयो।साबाँले एकताको बिकल्प नभएको भन्दै अब आउने चुनावमा सबै तयार रहन आग्रह गर्नुभयो।साबाँले मदन भण्डारी स्पोर्टस एकेडेमीले खेलकुदको बिकास गर्न र युवाहरुको खेलप्रतीको रुचि अगाडि बढाउन टेवा पुर्याएको उल्लेख गर्दै आफुले आफ्नो तर्फबाट यसको बिकासलागि सक्दो पहल गर्ने प्रतिवद्दता ब्यक्त गर्नुभयो।

मदन भण्डारी फाउन्डेसनले जिल्लाका सबै स्थानिय तहहरुमा स्पोर्टस एकेडेमी गाउँ कमिटी गठन प्रक्रिया अगाडि बढाइरहेको छ।

सम्बन्धित खबर