Kanakai Online

आजको राशिफल-२०७७ कार्तिक २५ मंगलबार।


मङ्गलवार, कार्तिक २५, २०७७ |

आजको पञ्चांग
मितिः २०७७ कर्तिक २५, मंगलवार
इ.संः २०२० नोभेम्बर १०
नेपाल संवतः ११४० (कौलागा)
चन्द्रमाः सिंह राशीमा
तिथीः दशमी
पक्षः कार्तिक कृष्णपक्ष
नक्षत्रः पूर्वफाल्गुनी
ऋतुः शरद
आयानः दक्षिणायन
सूर्योदयः ६ः२२
पर्व दिवस –
फाल्गुनन्द जयन्ती
मुहूर्त साइत
आजको राशीफल, मंगलवार, २५ कार्तिक, २०७७
मेषः मानसम्मानमा कमी आउनेछैन । थकान महसुस होला ।
क्षेत्रमा झमेला आइलाग्ला ।

वृषः बन्धुबान्धबले साथ दिनेछन् । दैनिक कामहरुले पूर्णता
पाउलान । सुख बढ्नेछ ।
मिथुनः आम्दानीका विविध स्रोतहरु फेला पर्नेछन् । मनमा शान्ति
र मुहारमा उज्यालो छाउला ।
कर्कटः आर्थिक संकटले सताउला । आलस्य महसुस हुनेछ । सञ्चित धन
नाश होला ।
सिंहः शरीर पुष्ट रहला । मनपर्ने परिकारको स्वादमा रम्न पाइने
दिन रहेको छ ।
कन्याः रोगमुक्त भइएला । खर्च बढेर जाला । सम्पत्ती
खरीदविक्रिको कारोवार नगर्नु नै उत्तम रहनेछ ।
तुलाः स्थीर सम्पत्तीबाट फाइदा हुनेछ । प्रशस्त धनलाभ हुनेछ ।
प्रतियोगितामा जीत निश्चित छ ।
वृश्चिकः आज कुक्षीरोगले सताउला । मानसम्मान बढ्नेछ । तर
चिन्ताले छोड्नेछैन ।
धनुः थकान महसुस होला । आज चिताएका कामहरु सम्पन्न गर्नमा
चुनौतीको सामना गर्नुपर्ला ।
मकरः शरीर स्वस्थ रहनेछ । प्रशस्त आर्थिक लाभको समय छ । आरोग्यता
मिल्नेछ ।
कुम्भः द्रव्यादिलाभ हुनेछ ।दाम्पत्य सुख प्राप्त होला ।
सुखानुभूति हुनेछ ।

मीनः चोट तथा दुर्घटनाको भय छ । प्रतिकूल समय रहेककाले
सावधानी अपनाउनुहोला ।

युवा ज्योतिषः सूर्य कुईँकेल
नेपाल ज्योतिष परिषद सदस्यता नं ३१८
व्यावहारिक ज्योतिषीय गणनाद्धारा शुद्ध चिना बनाउन,
साइत हेराउन, वर कन्याको कुण्डली मिलान गर्न, कुनैपनि कर्मकाण्ड
गर्न तथा सही ज्योतिषीय परामर्श लिनुपरेमा सदैव संझनुहोस् ।
ऋषि मौदगल्य ज्योतिष अनुसन्धान तथा परामर्श केन्द्र
शिवसताक्षी, झापा सम्पर्क नं ९८६३६२९४८३ ÷९८१३५२१५६२
“उद्यमेन हि सिध्यंतिः कार्याणि न मनोरथै। न हि सुप्तस्य सिंहस्य प्रविशन्ति मुखे मृगा ।।”

सम्बन्धित खबर