–अच्युतघिमिरे
पृथ्वीमाभएकाप्राणीहरूमध्ये मान्छे सबैभन्दाबुद्धिमान र सचेत प्राणीहो । मान्छेले चाह्यो भने जस्तासुकै असम्भव कुरालाई पनि सम्भव बनाउन सक्छ । त्यसकालागि नेतृत्वकर्ताको सोचमा परिवर्तन आउनु प¥यो । त्यसो भयो भने समाजलाई बदल्न सकिन्छ । मान्छेले गर्ने पहिले आफ्नो ठाउँको लागिहो । जुनठाउँको परिचयबोकेर हामी स्थापितभएकाछौँ, जुनठाउँले हामीलाई नेतृत्वमा पु¥याएको छ, हाम्रा् कुरा अरुले काट्न नसक्ने यो वेला यस ठाउँलाई स्वर्गजस्तो बनाउन सक्यौँ भने हामी सधैँकालागि अमर हुने छौँ, जसरी अमर भएकाछन् तुलसी मेयर, पारिजात र पासाङ ल्हामुहरू ।म सन्दर्भ कनकाई नगरको जोड्दै छु । सङ्केत नगरलाई नेतृत्व गर्नेहरू प्रतिहो । आखिर राम्रो कामगर्न कसैले छेक्दैन ।
हिम्मतगर्नेहो भने छेक्नेहरू आफै पछिहट्छन् ।
कसरी बनाउने नगरलाई समृद्ध ! सतही रूपमाबुझ्नेहरूलाई यो प्रश्ननिक्कै गाह्रो छ । उनीहरूयसको उत्तर खोज्न कहिल्यै लाग्दैनन् । समाजकालागि केहीगरूँभन्ने मिहेनतीहरूप्रश्नको उत्तर खोज्नतिर लाग्छन् । श्रम गरेर नहार्नेहरूले नै बनाउने हो आफ्नो गाउँ, समाज र नगरलाई ।
विकासको पूर्वाधार भनेको सडक–यातायातहो । अहिले केहीबिग्रेको छैन । घरहरूथपिँदै गएभने हामीनगरलाई चाहेर पनिव्यवस्थितबनाउन सक्दैनौँ । कनकाई नगर बसोबासको लागि उर्पयुक्तठाउँहो । उब्जनीनहुने जमिनलाई बसोबासको क्षेत्र छुट्याऊँ । एउटा सर्वदलीय समितिबनाऊँ । नम्बरी जग्गाहोस्, सरोकारको विषयभएन । धेर र थोर जग्गाहुनेमा चाहिँविवेक पु¥याउनु पर्छ । कम्तीमा बिस फुटे, आवश्यक्ताअनुसार चालिस फुटसम्मपूर्व–पश्चिम, उत्तर–दक्षिण, सर्कल, चतुर्भूज, त्रिभूज, विभिन्नआकारमा नगरको सौन्दर्य देखिने गरी वाक्लै बाटाहरू बनाउनु पर्छ । आखिर जग्गाधनीको जग्गाको मूल्य र महत्त्वबढ्ने हो ।अहिले विरोध गरेपनिपछितिनीहरू स्यावासीदिनआइपुग्छन् । यो कामजग्गाखालीभएकै समयमा गर्न जरुरी छ । जसले हतार गरेर यो कामको अगुवाइगर्छ, अमर हुनकालागिउसले अरु काम गर्नै पर्दैन ।कनकाईलाई धार्मिक–सांस्कृतिकनगर बनाऊँ । कोटीहोम, धनुषकोटीधामतीर्थस्थलकारूपमा स्थापितठाउँहुन् । यिनलाई योजनाबद्ध ढङ्गले व्यवस्थित र हेर्न लायक रहरलाग्दो बनाऊँ । आकर्षक डिजाइन्सहितकाभवन, बाटाघाटा, विश्रामालय, फूलबारी, बगैँचाआदिनिर्माण गरेर तीर्थस्थलको सौन्दर्य बढाऊँ । अनेकजातजातिको बसोबास भएको यस नगरमा उपयुक्तठाउँछनोट गरी एउटाव्यवस्थित सौन्दर्यले भरिपूर्ण साँस्कृतिक सङ्ग्रहालयको निर्माण गरौँ ।कनकाईलाई प्रर्यटकीयनगर बनाऊँ ।
जगन पाँडेको दरबार, जामुनखाडी बन क्षेत्र, चुरे पहाड शृङ्खला । पर्यटकीय सम्भावनाबोकेका यस्ता ठाउँहरूकनकाई नगरभित्रछन् । कलात्मकडिाजाइनका साथती क्षेत्रलाई पर्यटनकालागिविकास गर्न सकिन्छ । राजवंशी, सन्थालजातिको गौरवशालीइतिहास बचाउनजातीय सङ्ग्रहालयबनाऊँ । हिम्मतनेम्बाङ, बब्लू हेमरम लुकेका तर कालजयीकलासिर्जना गर्ने कलाकारहरूयहीँछन्, कलासङ्ग्रहालयबनाऊँ । सबै काम एकैचोटि सम्भव छैनन् । सकेमा अरु काम, नभएयतिमात्र गर्न सकियो भने कनकाई नगर नमुनानगर बन्ने छ । देशविदेशबाटमान्छेहरू सुन्दर कनकाई नगर हेर्न आउने छन् ।
कनकाई नपा ३, सुरुङ्गा
मो. ९८५१११४०६६
लेखक सुलेख मासिकका सम्पादक हुनुहुन्छ ।