झापा, कार्तिक १९।प्रहरीले झापाको मेचीनगर नगरपालिका-७ बाट ठुलो परिणाममा अबैध समान बरामद गरेको छ।
ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छलि गरी ल्याउँदै गरेको कुर्थी, कुर्थी सेट, तन्ना, ढाकाको थान प्रिन्ट कपडा, थान कपडा, टेम्पोको क्लोज तार, विभिन्न मोटर पार्टस गरी करिव ७,२१,७००।–(सात लाख एक्काईस हजार सात सय) मुल्य बराबरको सामानहरु बरामद गरेको हो ।
अबैध रुपमा बरामद भएको सामान आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाईएको इलाका प्रहरी कार्यालय काकडभिट्टाले जानकारी दिएको छ ।