Kanakai Online

प्याट्रिक बामफोर्डको ह्याट्रिकमा एस्टन भिल्लामाथि लिड्स युनाइटेडको सहज जित


शनिवार, कार्तिक ८, २०७७ |

सेकेन्ड हाफमा प्याट्रिक बामफोर्डले ह्याट्रिक गोल गरेपछि एस्टन भिल्लामाथि लिड्स युनाइटेडले शानदार जित निकालेको छ। प्रिमियर लिग अन्तर्गत शुक्रबार राति भिल्ला पार्क रंगशालामा भएको खेलमा लिड्स ३–० ले विजयी भएको हो।
यससँगै लगातार चार वटा खेल जितेको भिल्लाको अपराजित यात्रामा धक्का लागेको छ। 

लिड्सका लागि बामफोर्डले खेलको ५५औँ मिनेटमा पहिलो गोल गरेका थिए। त्यस्तै ६६औँ मिनेटमा दुई जना डिफेन्डरलाई झुक्याउँदै गोल गरे। उनले दोस्रो गोल गरेको आठ मिनेटभित्रै खेलको ७४औँ मिनेटमा आफ्नो ह्याट्रिक पुरा गरे।

खेलको पहिलो हाफमा भिल्लाले लिड्सलाई दबाबमा राखे पनि दोस्रो हाफपछि लिड्सले खेल अवधिभर पूर्ण दबदबा कायम राख्यो। लिड्सले ५ वटा कर्नर पाएको थियो भने भिल्लाले ६ वटा कर्नर पाएको थियो। तर भिल्लाले कुनै पनि कर्नरलाई सदुपयोग गर्न सकेन।

यो जितसँगै ५ खेलबाट तीन खेलबाट १० अंक जोड्दै तेस्रो स्थानमा रहेको छ। लिड्सले तीन खेलमा जित, एक बराबरी र एक खेलमा हार व्यहोरेको छ। त्यस्तै भिल्लाले भने १२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ।source-annapurna