कनकाई अनलाइन।शरणामती,असोज ८।झापा गाउँपालिका-६ सानो चप्रमारी निवासी एक ७७ वर्षीय बृद्दको कोरोना संक्रमण पोजेटिभका कारण मृत्यु भएपछी झापा गाउँपालिकाको ६ नंम्बर वडा शील गरिएको छ।वडाले तत्कालै सर्वपक्षिय भेला गरि आज साझ ५ बजे देखि आउदो ११ गते मध्य रात सम्म वडा शील गर्ने निर्णय गरेको हो।
६ नम्बर वडाका वडाध्यक्ष हरिबहादुर बानियाँको अध्यक्षतामा बसेको भेलाले पश्चिममा सानो माई वारि,पुर्बमा बिरिङ खोला वारी,उत्तरमा कनकाइ नगरपालिकाको सिमाना र दक्षिणमा फूलगाछी सम्मको क्षेत्र शील गरिएको नेपाल कम्युनिष्ट पार्टी झापा गाउँपालिका कमिटीका अध्यक्ष रुद्र बजगाईंले कनकाई अनलाइनलाई जानकारी दिनुभयो।सर्वपक्षिय भेलाले वडा शील भएको समयमा अत्यावश्यक स्वास्थ्य सेवाहरु नियमित संचालन गर्न पाइने,क्वारेन्टाइन प्रायोजनका लागि संचालीत होटेलहरु सोही प्रायोजनका लागि मात्र संचालन गर्न पाइने,अमरपथ राजमार्गमा चल्ने सवारी साधन चल्न दिइने तर निषेधित क्षेत्रमा रोक्न अथवा भेला हुन नदिने र वडाबाशीलाई घर बाहिर निस्कन अत्यावश्यक काम परेमा वडाध्यक्ष हरिबहादुर बानियाँ,स्वास्थ्य संयोजल लक्ष्मण बिश्वकर्मा तथा प्रहरी नायव निरिक्षक खड्ग गिरीलाई सुचना गरेर मात्र बाहिर निश्कने लगायतका निर्णय लिइएको नेपाल रेडक्रस सोसाईटी शरणामती उपसाखाका सभापती केशब बजगाईँले कनकाई अनलाइनलाई बताउनु भयो।
सर्वपक्षिय भेलाले शील गरिएको समय अनुगमन अथवा समन्वयका लागि समिती समेत गठन गरेको छ।केशब बजगाईँको संयोजकत्वमा ७ सदस्यीय समिती गठन गरिएको वडा सचिव पूर्णचन्द्र मैनालीले बताउनु भयो।


