
कनकाई अनलाईन
कनकाइ नगरपालिकाका ९ वटै वाडहरुमा पशु स्वास्थ्य घुम्ती शिविर सुरु भएको छ । कनकाइ नगरपालिकाको आर्थिक सहयोग, हेफर प्रोजेक्ट नेपालको प्राविधिक सहयोग तथा अभियान नेपालको व्यवस्थापन र सहजीकरणमा चैत १८ गतेदेखि २६ गतेसम्म शिविर सञ्चालन सुरु गरिएको हो । सो शिविरमा पशुहरुमा हुने विभिन्न स्वस्थ्य परिक्षण तथा औसधि वितरण , गर्भ परिक्षण, बांझोपन निवारण र परामर्स सेवा , रेबिज खोप कार्यक्रम, बन्ध्याकरण जस्ता कार्यक्रम तथा आन्तरिक तथा बाह्य परजिवि नियन्त्रण सेवा कार्यक्रम रहेको छ ।
हेफर प्रोजेक्ट नेपालका केशव खनालका अनुसार उक्त शिविर कनकाइ नगरपालिकाका सबै वडाहरूमा सञ्चालन हुनेछ। शिविरको उद्घाटन कार्यक्रम कनकाइ–५ बेनुबाजामा सम्पन्न भएको छ ।
उदघाटन कार्यक्रममा नगर प्रमुख राजेन्द्र कुमार पोखरेल, नगर उपप्रमुख आशा शर्मा शिवाकोटी विशिष्ट अतिथि रहनुभएको थियो। कार्यक्रमको अध्यक्षता वडा नं. ५ का अध्यक्ष कृष्ण राईले गर्नुभएको थियो।
त्यसैगरी, कार्यक्रममा कार्यपालिका सदस्यहरू कृष्णमाया भुजेल, नरादेवी मगर, गोविन्द कार्की, इन्दिरा अधिकारी, इन्जिनियर मनिष चौहान, पशुपन्छी तथा मत्स्य विकास शाखाका तेज बहादुर पौडेल र कुल बहादुर गुरुङ, कृषि शाखाकी श्रेया खनाल तथा हेफर प्रोजेक्ट नेपालका रोशन सन्जेल लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रमको औचित्यमाथि वोल्दै पशु स्वास्थ कनकाईका कुल बहादुर गुरुङले प्रकाश पार्नुभएको थियो भने प्रमुख अतिथिबाट गाईलाई औषधि वितरण गर्दै शिविरको औपचारिक शुभारम्भ गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण केशव खनालले गर्नुभएको थियो।


