
कनकाई अनलाईन
एसइई परिक्षाको तयारी गरिरहेका यहाँका एक विद्यालयका विद्यार्थीहरुलाई अभिभावकहरुले स्कुलमै खाना खुवाएका छन ।
झापाको कनकाई नगरपालिका २ स्थित सरस्वती माध्यमिक विद्यालयमा यसबर्ष एसइईको तयारीमा रहेका २२ जना विद्यार्थीहरुलाई स्कुलमै खाना खाने प्रबन्ध यहाँका अभिभावकले विगत ४५ दिनदेखि गरिरहनुभएको छ ।
स्थानीय जामुनवारी सामुदायिक वन समुहका सचिव समेत रहनुभएका अभिभावक दिपक ओलीको अगुवाईमा विद्यालयमा यस बर्ष एसईइ दिने विद्यार्थीहरुलाई दैनिक विहानीको खाना र खाजा स्कुलमै पकाएर खुवाउन थालिएको विद्यालयका प्रअ नारायण अधिकारीले गोरखपत्रलाई बताउँनुभयो ।
विद्यालयले एसईईको नतिजा राम्रो होस भनेर विगत ४५ दिनअगाडिदेखि अंग्रेजी, विज्ञान र गणित विषयको निशुल्क कोचिङ कक्षा सञ्चालन गरिरहेको विद्यालयका प्रअ अधिकारीले बताउँनुभयो । विहानै खाली पेटमा विद्यार्थी कोचिङका लागि आउने र पुन घर पुगेर दिवाकालिन स्कुलमा आउन ढिलाई हुने हुदा कतिपय विद्यार्थीहरु खानखानै घरसम्म समेत नजाने गरेको पाइएपछि अभिभावकहरु आफैले विद्यालयमा खाजा र खानाको प्रबन्ध मिलाईएको अभिभावक दिपक ओलीले बताउँनुभयो । आफुहरुको यस अभियान सामाजिक सञ्चालनमा चर्चित भएपछि विदेशमा रोजगारीमा रहनुभएका अन्य अभिभावक तथा स्थानीय उद्योग वाणिज्य संघ, शेरबहादुर थापा, लीला चिमरिया लगाातका अन्य अभिभावकहरुबाट समेत चामल, तरकारीहरु उपलब्ध भएको ओलीले बताउँनुभयो ।
स्कुलमै खाना खान पाएपछि टाडा घरहुने विद्यार्थीहरुले समेत कोचिङ कक्षा सकेर हतारमा खानाकै लागि घर दौडनु पर्ने समस्याबाट मुक्त भएको र आफुहरुले सबै समय अध्यानमा लगाउन पाएको विद्यार्थी प्रेम मगरले बताउँनुभयो । स्कुलमा खाना बनाउने काममा भने स्थानीय अभिभावकहरुले आलोपालो सहयोग गर्दै आउनुभएको छ ।
केही विद्यार्थीका अभिभावक दैनिक ज्याला मजदुरीमा जाने भएकाले पनि ओलीले विद्यार्थीको सहजताका लागि एक छाक खानाको सुरुवात गरेपछि विद्यार्थीलाई राहत मिलेको विद्यालयका शिक्षक सुर्यप्रसाद अधिकारीले बताउँनुभयो ।
फोटो ः स्कुलमै खाना खुवाउदै अभिभावक



