Kanakai Online

के हुन लाग्यो झापामा आफ्नै जन्मदिने आमा पिटने छोरा पक्राउ


मङ्गलवार, चैत १०, २०८२ |

कनकाई अनलाईन
झापाको भद्रपुर नगरपालिका वडा नम्बर ८, क्याम्पस मोडमा वृद्ध आमामाथि कुटपिट गर्ने छोरालाई प्रहरीले पक्राउ गरेको छ ।

सोमवार दिउसो आफ्नै ७९ वर्षीया आमा चन्द्रमाया घिमिरेलाई ३७ वर्षीय छोरा यशिस घिमिरेले निर्घात कुटपिट गरेका थिए । उक्त भिडियो सञ्चार माध्यम र सामाजिक सञ्जालमा भाइरल भएपछि जिल्ला प्रहरी कार्यालय झापाले आरोपित घिमिरेलाई तत्काल नियन्त्रणमा लिएको हो।

पीडित वृद्ध आमाको उद्धार गरी उपचार भइरहेको छ भने पक्राउ परेका छोरामाथि अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । यता बिर्तामोडमा ६ वर्षको छोरालाई निर्घात कुटपिट गरी घाइते बनाउने आमा पक्राउ परेकी छन् ।

पक्राउ पर्नेमा बिर्तामोड ५बस्ने बर्ष २५की सुमित्रा लामगादे रहेकी छन् । शनिवार दिउँसो ४बजे सुमित्राले आफ्ना छोरा बर्ष ६का रुक्सन लामगादेलाई निर्घात कुटपिट गरेकी थिइन् । रुक्सनको शरीरको बिभिन्न भागमा निलडाम तथा चोटपटक लागेपछि हिजो विहान ११ बजे उनी पढ्ने सुनगाभा बोर्डिङ स्कुलले इलाका प्रहरी कार्यालय बिर्तामोडमा जानकारी गराएको थियो ।प्रहरी टोली खटिएर कुटपिट गर्ने आमालाई सुमित्रालाई नियन्त्रणमा लिएको हो ।

घाइते बालकलाई हजुरबुबाको साथमा उपचारको लागि आशा मेडिकल पठाइएको छ । आमा सुमित्रालाई क्षितिज सुधारकेन्द्रमा लगी राखिएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।
फोटो ः पिटाई खाएर घाईते बन्नुभएकी आमा चन्द्रमाया घिमिरे

सम्बन्धित खबर