Kanakai Online

अटोसग जुध्दा मोटरसाईकल चालकको मृ, त्यु


मङ्गलवार, चैत १०, २०८२ |

कनकाई अनलाईन
झापाको कचनकवल गाउँपालिका ४ केचनामा सिटी सफारीसंग ठोक्किएर मोटरसाइकल चालकको मृत्,यु भएको छ ।

सोमवार साँझ ६ः३० बजे बनियानीबाट लोधाबारी जाँदै गरेको बीआर–११– सी–३०७१ नम्बरको मोटरसाइकल र बिपरित दिशाबाट आउँदै गरेको प्र–१–०१–००२ ह ६४११ नम्बरको सिटी सफारी एक आपसमा ठक्कर खाइ दुर्घटना भएको थियो । दुर्घ,टनामा मोटरसाइकल चालक कचनकवल वडा नम्बर ४ बस्ने बर्ष ५० का सुकदेब गणेश गम्भीर घाइते हुुनुभएको थियो । उहाँलाई भद्रपुरस्थित ओमसाइ पाथीभरा अस्पतालमा उपचारको लागि पठाइएकोमा अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
यता इलाका प्रहरी कार्यालय केचनाबाट खटिएको प्रहरी टोलीले सिटी चालक कचनकवल – ४ बस्ने बर्ष १९ का सैजन मियाँ , सिटी र मोटरसाइकल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले झापाले जनाएको छ ।

सम्बन्धित खबर