कनकाई अनलाईन
झापाको बुद्धशान्ति गाउँपालिका ४ टिमाई स्थित कमल खड्काको मकैवारीमा फेला परेको हिंसक चितुवाको आक्रमणमा परी ५ जना घाईते भएका छन ।
आईतवार दिउसो १ बजेको समयमा मकैवारीमा फेला परेको चितुवाले मान्छे र जनावारलाई आक्रमण गर्न थालेपछि चितुवा पक्रनका लागि कोशीटप्पु बन्यजन्तु आरक्षणको टोली सहित सशस्त्र प्रहरी वल टिमाईको प्रहरीटोलीका सहायक प्रहरी नायक निरिक्षक केदार श्रेष्ठ सहित स्थानीय बुद्धशान्ति गाउँपालिका ६ बस्ने बर्ष ५० का कृष्ण गजमेर, ५४ बर्षिय दुर्गाबहादुर कटुवाल, मेचीनगर नगरपालिका १० का २६ बर्षिय विशाल कार्कीलाई समेत चिथरेर घाईते बनाएको थियो । प्रहरी सहित ५ जनालाई नियन्त्रणमा लिनेक्रममा घाईते बनाएपछि आईतवार साँझ ६ बजे स्थानीयले ढुङ्गा प्रहार गरेर मारिदिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
चितुवाको आक्रमणमा परि घाईते सबैको स्थानीय भागिरथा न्यौपाने अस्पतालमा हाल उपचार भइरहेको र मृतक चितुवालाई डिभिजन वन कार्यालय झापामा बुझाइएको प्रहरीले जनाएको छ ।
आईतवार दिनभरजसो चितुवा आतंकका कारण यस क्षेत्रमा जनजिवन आतंकित बनेको थियो ।


