
कनकाई अनलाईन
यहाँस्थित द एभरेष्ट बचत तथा ऋण सहकारी सस्था साखा कार्यालय सुरुङ्गाको स्थापनाको आठौ बर्षको अवशरमा यहाँस्थित सुस्त मनस्थिति सरोकार समाजमा रहेका अनाथहरुका लागि खाद्यान्न सहयोग गरेको छ ।
दमकमा मुख्य कार्यालय रहेको एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाको साखा सुरुङ्गा स्थापनाको अवशरमा कनकाई नगरपालिका कनकाई १ मा रहेको यस सरोकार समाजलाई सहयोगका सामाग्रीहरु खाद्यान्न र जिन्सि सामाग्रीहरु चामल, दाल, खाने तेल, आलु, कोपी, प्याज, टमटर, नुन, मुराई, सब्जी मसला, खुर्सानी लगायातका सामाग्री प्रदान गरिएको हो ।
यस सरकोकार समाजमा हाल १८ जना सुस्त मनस्थितिका वालवालिकाहरु बस्दै आएको र यस प्रकारको सहयोगले आश्रम सञ्चालनमा मद्धत मिलेको सुस्त मनस्थिति सरोकार समाजकी अध्यक्ष भगिरथा चापागाईले बताउँनुभयो ।
सहयोग सामाग्री हस्तानतरण कार्यक्रममा द एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिपक खरेल, सचिव ज्ञाननाथ पौडेल, कोषाध्यक्ष यामजी श्रेष्ठ, सुरुङ्गा उपसमिति संयोजक टंकप्रसाद पाठक, सदस्य गोविन्द खरेल लगायातको सहभागिता रहेको थियो । सोही कार्यक्रममा कनकाई नगरपालिका १ का वडासदस्य दलबहादुर थापाले संस्थाको कार्यप्रति प्रसंसा गर्दै यस्तै सत्कर्म गरिरहन अनुरोध समेत गर्नुभयो ।


