Kanakai Online

कनकाई २ का २० युवालाई वारिस्ता तालिम सुरु


शनिवार, फागुन ३०, २०८२ |

कनकाई अनलाईन
झापाको सुरुङ्गामा पुन एक महिने वारिस्ता तालिम सुरु भएको छ ।
कनकाई नगरपालिका २ का १० टोलका १० जना युवा तथा अन्य दलित, जनजाति र पिछडिएका वर्गका थप १० जना गरि २० जनाका लागि एक महिने वारिस्ता तालिम यहाँस्थित युनिक वारिस्ता एण्ड कफि इन्टिच्युट सुरुङ्गामा सुरु भएको हो ।
कनकाई नगरपालिका २ नम्बर वार्ड कार्यालयको आर्थिक सहयोगमा सञ्चालित वारिस्ता तामिमको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, उपाध्यक्ष आशा शर्मा शिवाकोटीेले तालिमको समुदघाटन गर्नुभयो । तालिमको समुदघाटन गर्नुहुदै उहाँहरुले नगरपालिकाले यहाँका युवा लक्षित धेरै कार्यक्रमहरु गर्दै आइरहेको बताउँदै अहिलेको युवा पुस्ताको रोजाई र स्वरोजगारका लागि मद्धत मिल्ने भएकोले यसप्रकारको तालिम नगरपालिकाले गरिरहेको बताउँनुभयो । कार्यक्रममा नगरपालिकाकी उपमेयर आशाशर्मा शिवाकोटीले तालिममा सिकेका ज्ञान शीपलाई खेर जान नदिन र व्यावसायिक रुपमा अब्दल हुन युवा प्ुस्तालाई अनुरोध गर्नुभयो ।
तालिममा कनकाई नगरपालिका २ का वडाअध्यक्ष प्रताप राई, सदस्य नरादेवि मगर, सुलभ भण्डारी, नरहरि थपलिया युनिक वारिस्ताका प्रमुख युनिक सुवेदी लगायातको आतिथ्यता रहेको थियो ।
तालिममा अनुष्का प्रधान र निरज सुनुवारले गर्दै हुुनुहुन्छ । तालिम १ महिनासम्म चल्ने छ ।