Kanakai Online

सुरुङ्गाका चेलीलाई महिना दिने वारिस्ता तालिम सुरु


बुधवार, फागुन २७, २०८२ |

कनकाई अनलाईन
झापाको सुरुङ्गाका यहाँका महिलाहरुका लागि एक महिने निशुल्क वारिस्ता तालिम आजबाट सुरु भएको छ ।
पछिल्लो समय स्वदेश तथा विदेशमा गएर समेत मनग्ने आय आर्जन गर्न सकिने कफि सफको काम वारिस्ता तालिम कनकाई नगरपालिका ३ नम्बर वार्डका १३ टोलका हरेक टोलका २ जनाका दरले २६ जना तथा थप दुई जना दलित महिला प्रतिनिधिहरुका लागि एक महिने तालिम सुरु गरिएको हो । कनकाई नगरपालिका ३ नम्बर वार्ड कार्यालय तथा कनकाई नगरपालिकाको उपमेयर महिला लक्षित बजेटबाट यहाँस्थित युनिक क्याफेमा तालिमको उद्घाटन कनकाई नगरपालिकाकी उपमेयर आशाशर्मा शिवाकोटी, कनकाई ३ का वडाअध्यक्ष युवराज चम्लगाई, कार्यापालिका सदस्य कृष्णमाया भुजेल, कनकाई ३ का वडाअध्यक्ष गोविन्द सुवेदी, सुष्मा परियार लगायातले तालिमको उद्घाटन गर्नु भयो । सीपमुलक तालिमको आयोजना सुरुङ्गा सामुदायिक सिकाई केन्द्रले गरेको हो । सिकाई केन्द्रकी अध्यक्ष पुष्पा भट्टराई कडेँलको सभापतित्व सचिव लीला प्रसाई शिवाकोटीको सञ्चालन तथा उपाध्यक्ष मुनादेवि सिटौलाले स्वागत गर्नुभएको तालिमको सफलताको कामना गर्नुहुदै कनकाई नगरपालिकाकी उपमेयर आशा शर्मा शिवाकोटीले आफुले महिला लक्षित तालिमको लागि आर्थिक सहयोग गरेर महिला वर्गको जीवनयापनका लागि सहजीकरण गरेको र आगामी दिनमा समेत यसप्रकारका कार्यक्रम लक्षित बजेट विनियोजित गर्दै लैजाने बताउँनुभयो ।
तालिमको सहजिकरण अनुस्का प्रधान र निरज सुनुवारले गर्दै हुनुहुन्छ । सुरुङ्गा क्षेत्रमै पहिलो पटक हुन लागिरहेको यस तालिममा युवालाई स्वरोजगार हुन अभिप्रेरित गरेको तालिममा सहभागिको भनाई छ ।

सम्बन्धित खबर