Kanakai Online

झापामा ९० उम्मेद्धार मध्ये ७८ को जमानत जफत


सोमवार, फागुन २५, २०८२ |

कनकाई अनलाईन
झापामा रास्वपा उम्मेद्धारले ५ वटै निर्वाचन क्षेत्रमा बिजयी भएर क्लिन स्वीप गरिरहदा अधिकांस उम्मेद्धारको जमानत जफत भएको छ ।
झापामा कुल ९० उम्मेद्धार रहेकोमा ७८ जनाको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।
झापामा बिजयी उम्मेद्धार बाहेक जमानत जफत जोगाउँने उम्मेद्धारहरुमा नेकपा एमालेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले झापा ५, यसैगरी पुर्व सभामुख समेत रहनुभएका झापा २ बाट एमालेकै देवराज घिमिरे र झापा ४ बाट पुर्व सांसद लालप्रसाद साँबा लिम्बु मात्रै जमानत जफत जोगाउन सफल हुनुभएको हो ।
यसैगरि नेपाली कांग्रेसबाट झापा १ बाट केशवराज पाण्डे र देउकुमार थेबेले जमानत जफत जोगाउँदा राप्रपा पार्टी अध्यक्ष राजेन्द्रकुमार लिङदेन र श्रम सस्कृति पार्टीबाट क्षेत्र नम्बर १ बाट केवलराम राईको मात्रै जमानत जफत हुनबाट जोगिएको छ । झापामा मुख्य दलका अन्य सबै उम्मेद्धारहरुकै जमानत जफत भएको निर्वाचन कार्यालय झापाले जनाएको छ । जसमा झापा क्षेत्र नम्बर १ बाट १५ जनाले उम्मेद्धारी दिएकोमा १२ उम्मेद्धारले कुल खसेको मतको १० प्रतिशत मत ल्याउन नसकेर जमानत जफत हुन पुगेको छ । यसैगरि झापा २ मा क्ुल १८ जना उम्मेद्धार रहेकोमा १६ जनाको जमानत जफत भएको छ । यस क्षेत्रमा बिजयी र उपविजयी उम्मेद्धार बाहेक सबैको जमानत तफत भएको हो ।
यसैगरि झापा क्षेत्र नम्वर ३ मा १७ जना उम्मेद्धार मध्ये १५ जना उम्मेद्धारको जमानत जफत भएको छ । यस निर्वाचन क्षेत्रमा बिजयी उम्मेद्धार वाहेक उपविजयी हुने राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङदेन वाहेक सबै उम्मेद्धारले जमानत जोगाउँन सक्नुभएन ।
यसैगरि झापा ४ मा कुल १६ उम्मेद्धार मध्ये १३ जना उम्मेद्धारको जमानत जफत भएको छ । यस निर्वाचनमा उपबिजयी हुनुहुने एमालेका लालप्रसाद साँबा र नेपाली कांग्रेसका उम्मेद्धार देउकुमार थेबे वाहेक सबै उम्मेद्धारले जमानत जोगाउँन सक्नु भएन ।
यता चर्चाको केन्द्रमा रहेको झापा ५ मा समेत उपविजयी हुनुहुने उम्मेद्धार एमालेका केपी शर्मा ओली वाहेक सबैको जमानत जफत भएको छ । झापा ५ मा २४ उम्मेद्धार मध्ये २२ को जमानत जफत भएको हो ।
सदर मतको १० प्रतिशत मत सम्म नल्याउने उम्मेद्धारको जमानत जफत हुने र उनीहरुले राखेको धरौती वापतको रकम नपाउने निर्वाचन कार्यालयले जनाएको छ ।

सम्बन्धित खबर