Kanakai Online

झापा ४ मा रास्वपाका सम्भु ढकाल ३१ हजार मतान्तरले बिजयी


आइतवार, फागुन २४, २०८२ |

कनकाई अनलाईन

झापा क्षेत्र नम्बर ४ मा रास्वपाका उम्मेद्धार सम्भुप्रसाद ढकाल भारी मतअन्तरले बिजयी हुनुभएको छ ।
आईतवार आज विहान सार्वजनिक भएको मत अन्तरमा ढकाल कुल ४३ हजार ६३१ म्त ल्याएर बिजयी हुनुभएको हो । उहाँका निकत्तम प्रतिद्धन्द्धी नेकपा एमालेका लालप्रसाद साँबाले ११ हजार ९८६ मत मात्रै ल्याउनुभयो । ढकालले साँबालाई ३१ हजार ६४५ मत अन्तरले पराजित गर्नुभएको हो ।
यर्सैगरि तेस्रो हुनुभएका नेपाल कांग्रेसका देउकुमार थेबेले ९ हजार ४३४ मत ल्याउनुभयो । श्रम सस्कृति पार्टीकी अमृता राईले ७ हजार १ सय ६१ मत ल्याउनुभयो । यसैगरि राष्ट्रिय प्रजातन्त्र पार्टीका भक्तिप्रसाद सिटौलाले २ हजार ८० मत ल्याउदा नेपाली कम्युनिष्ट पार्टीका पुरुषोत्तम चुडाल राजुले १ हजार ३ सय ६२ मत ल्याउनुभयो । यसैगरि झापा ४ बाट अन्य उम्मेद्धारहरुमा जनता समाजवादी पार्टीका पल्टन ताजपुरियाले ५४ मत ल्याउनुभएको छ । यसैगरि जनमत पार्टीका लोथ्रो हेमरमले २६० मत प्राप्त गर्दा , नेपाल मजदुर किसान पार्टीकी तुलसी लक्ष्मी दुमरुले ३९ मत प्राप्त गर्नुभयो । यसैगरि मंगोल नेशनल पार्टीका दिलिप धिमालले १२० मत प्राप्त गर्नुभयो । नेपाल कम्युनिष्ट पार्टी पुष्पलालका टेकबहादुर अधिकारीले ७४ मत प्राप्त गर्नुभएको थियो । यसैगरि संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चका किरण लिम्बुले १४१ मत, नेपाली कम्युनिष्ट पार्टी माओवादी विप्लपका ताराबहादुर थापाले १२५ मत ल्याउनुभएको छ । यसैगरि उज्यालो नेपाल पार्टीका सन्तोस तामाङले ४३२ मत र राष्ट्रिय मुक्ति पार्टीका त्रिनारायण राजवंशीले ९८ मत ल्याउदा स्वतन्त्र उम्मेद्धार साजन माझिले ५७ मत ल्याएका छन ।
झापा क्षेत्र नम्बर ४ मा कुल १ लाख ३० हजार ७१२ मतदातामा कुल ८१ हजार ८२२ मत खसेको थियो । जसमा ४ हजार ७६८ मत बदर भएको थियो ।
अब झापा ४ मा अहिले ११ बजे बिहानबाट समानुपातिकको समेत मत गणना सुरु भएको सहायक निर्वाचन अधिकृत क्षेत्रप्रसाद शर्माले बताउँनुभयो ।
अघिल्लो २०७९ सालको निर्वाचनमा समेत सम्भुप्रसाद ढकाल र लालप्रसाद साँबा चुनावी प्रतिस्पर्धामा रहनुभएको थियो । जसमा एमालेका लालप्रसाद साँबा बिजयी हुदा रास्वपाका ढकाल तेस्रो हुनुभएको थियो ।
बिजयी हुनुहुने ढकाल पुर्व प्रहरी समेत हुनुहुन्छ ।
झापा ४ मा १ स्वतन्त्र सहित १६ उम्मेद्धार चुनावी प्रतिस्पर्धामा रहनुभएको छ ।

सम्बन्धित खबर