
कनकाई अनलाईन
झापा क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निशा डाँगी भारी मतका साथ विजयी हुनुभएको छ । डाँगी ४५ हजार ६८० मतसहित विजयी हुनुभएको हो । डाँगीले अर्का निकत्तम प्रतिस्पर्धी नेपाली कांग्रेसका केशवराज पाण्डेलाई ३५ हजार १३० मतान्तरले पराजित गर्नुभएको हो ।
पाण्डेले १० हजार ५५० मात्र मत मात्रै प्राप्त गनुर््भयो । पुर्व पत्रकार समेत रहनुभएकी २९ बर्षिय डाँगी उहाँ गत २०७९ सालमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा समेत रास्वपाबाट समानुपातिक उम्मेद्धार बन्नुभएको थियो । उहाँ रास्वपाकी संसदलीय दलको सचेतक समेत रहनुभएको थियो ।
यसैगरि झापा क्षेत्र नम्बर १ मा अन्य उम्मेद्धारहरुमा श्रम सस्कृति पार्टीका केवलराम राईले १० हजार ४ मत ल्याउनुभएको छ । नेकपा एमालेका रामचन्द्र उप्रेतीले ७ हजार ६ सय ५९ मत ल्याउदा राष्ट्रिय प्रजातन्त्र पार्टीका हृेमराज कार्कीले १६ सय १२ मत, नेपाली कम्युनिष्ट पार्टीका अषेश घिमिरेले ९२२ मत, मंगालेल नेशनलका सन्तोस तामाङले ९७१ मत प्राप्त गर्नुभएको छ । यसैगरि उज्यालो नेपाल पार्टीका नरेशकुमार लावतीले ४८५ मत प्राप्त गर्नुभयो ।
निर्वाचित भएपति आफ्ना मतदाताहरु समक्ष कुरा गर्दै डाँगीले यहाँका जनताले आफुहरुलाई ठुलो आशा र जिम्मेवारी दिएको बताउँदै त्यसलाई पूरा गरिछाडने प्रतिवद्धता जनाउँनुभयो । आफु जहिलेपनि एउटा छोरीको रुपमा काम गर्न अगाडि आएको बताउँदै यहाँका सबै समुदायको सपनाहरु आफ्ुलाई सबै थाहा भएको र ती सपनाहरु पूरा गर्न जिम्मेवारीको भारी बोकेको बताउँनुभयो ।
झापा १ मा कुल १५ उम्मेद्धारले उम्मेद्धारी दिनुभएको थियो । कुल १ लाख ३१ हजार ६७ मतदातामा ८२ हजार ५ सय ६० मत खसेको र त्यसमा ४२६९ मत बदर भएको निर्वाचन कार्यालय झापाले जनाएको छ ।
फोटो ः बिजयी भएपछि प्रमाणपत्र बुझ्नुहुदै बिजयी निशा डाँगी फोटो लीलाराज खड्का


