
कनकाई अनलाईन
झापाको क्षेत्र नम्बर ३ मा रास्वपाका उम्मेदवार प्रकाश पाठक निर्वाचित भारी मतले बिजयी हुनुभएको छ ।
पाठकले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष समेत रहनुभएका पुर्व सांसद राजेन्द्रकुमार लिङदेनलाई पराजित गर्दै झापा क्षेत्र नम्बर ३ बाट निर्वाचित हुनुभएको हो । रास्वपाका पाठकले पाठकले लिङ्देनलाई २१ हजार ३८० को फराकिलो मतान्तरले पराजित गर्दै पहिलो पटक सांसदको यात्रा तय गर्नुभयो । पाठकले ३८ हजार ६७४ मत ल्याउँदा राप्रपाका अध्यक्ष लिङ्देनले १७ हजार २९४ मत ल्याउनुभएको हो ।
यस निर्वाचनबाट गत २०७९ सालको प्रतिनिधिसभाको निर्वाचनमा लिङदेनले काग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलालाई पराजित गर्नुभएको थियो । त्यसवेला समेत रास्वपाबाट पाठक समेत चुनावी प्रतिस्पर्धामा रहनुभएका पाठक त्यसवेला तेस्रो स्थानम रहनुभएको थियो । मात्रै ३७ बर्षिय पाठकले .यस पटक भने उनै लिङदेनलाई फराकिलो मतअन्तरले हराउनुभयो ।
नेपाली काँग्रेसका राजेन्द्र घिमिरेले ८ हजार १९९, एमालेका हरिबहादुर राजवंशीले ७ हजार ४९२, श्रम, संस्कृति पार्टीका दीपक तिम्सिनाले ७ हजार ३३९ र नेपाली कम्युनिष्ट पार्टीका डिल्लीराम घिमिरे हिक्मतले एक हजार ४५० मत ल्याउनुभएको छ । पुर्व सञ्चारकमीै समेत रहनुभएका पाठक हाल रास्वपाको झापा जिल्ला कार्यवाहक अध्यक्ष समेत रहनुभएको छ ।
झापा क्षेत्र ३ मा १ लाख ४० हजार ८५७ मतदाता रहेकोमा ८८ हजार ५६१ मत खसेको निर्वाचन । झापा ३ मा २ स्वतन्त्र सहित १७ जना उम्मेद्धार रहनुभएको थियो । यता निर्वाचित भएपछि उहाँका निमत्तम प्रतिद्धन्द्धि राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन तथा नेपाली कांग्रेसका राजेन्द्र घिमिरेले बधाई शुभकामना दिनुभएको छ । लोकतन्त्रमा हारजित स्वाभाविक भएको भन्दै आगामी दिनमा हरेक काममा हातेमालो र समन्वय गरेर अगाडि बढ्ने उहँहरुले बताउँनुभयो ।
झापा जिल्ला लाल किल्ला बाट निलो किल्ला बन्र्दै
झापा जिल्ला यस अगाडिका चिर्वाचनहरुमा हरेक पल्ट लाल किल्ला बन्ने गरेकोमा यस पटकको निर्वाचनमा भने निलो किल्ला बन्ने निश्चित भएको छ ।
२०४८ सालको निर्वाचन देखि २०७४ सालको निर्वाचनमा समेत यस झापा निर्वाचन क्षेत्र तत्कालिन अवस्थामा एमाले र माओवादीको लाल किल्ला बनेको थियो । अझ २०७४ सालको प्रतिनिधिसभाको निर्वाचनमा तत्कालिन मेची अञ्चल समेत लाल किल्ला बनेर इतिहास रचिएको झापाली इतिहास रहेको झापा जिल्लामा २०६४ सालको पहिलो संविधानसभाको निर्वाचनमा समेत ७ निर्वाचन क्षेत्र मध्ये ५ निर्वाचन क्षेत्र माओवादी र एक निर्वाचन क्षेत्रमा एमालेका प्रनिनिधिले बिजयी हासिल गर्नुभएको थियो । यस २०८२ सालाको प्रतिनिधिसभाको निर्वाचनमा झापाका सबै ५ निर्वाचन क्षेत्रम रास्वपा उम्मेद्धार निर्वाचनको संघारमा रहनुभएको छ । झापा १ बाट रास्वपाकी उम्मेद्धार निशा डाँगी भारी मतले बिजयी हुने तयारीमा रहदा २ बाट पुर्व उपसभामुख इन्दिरा राना मगले पुर्व सभामुख एमालेका देवराज घिमिरेलाई भारी मतले पछाडि पार्नुभएको छ । ४ मा समेत रास्वपाका सम्भु ढकाल अग्रस्थानमा रहनुभएको छ । उहाँले एमालेका पुर्व सांसद लालप्रसाद साँबालाई भारी मतले पछाडि पार्नुभएको छ । झापा ५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भारी मतले रास्वपाका बालेन्द्र शाहले पराजित गरिसक्नुभएको छ । यसरी यस निर्वाचनमा झापा जिल्लामा रास्वपाले निलो किल्ला बनाएको छ ।


