
कनकाई अनलाईन
कुनै समय झापा जिल्ला लाल किल्ला भन्ने नारा प्रख्यात रहेको थियो । अझ तत्कालिन मेची अञ्चलनै कम्युनिष्टको गढ मानिने गरिएको परिप्रेक्षमा अहिले गणना हुदै गरेको मत गणना अनुसार झापा जिल्ला निलो क्रान्तिको प्रतिक बन्ने निश्चित भएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन हाल झापाका ५ वटै निर्वाचन क्षेत्रमा मतगणना जारी छ । राजनीतिक दलका प्रतिनिधिहरु फेरिरहने र आउनजान ढिला गर्ने गरेकाले गणना प्रभावित हुने गरेको बताईएको छ । तर झापामा रास्वपाका सबै उम्मेद्धारले सुविधाजनक अग्रता बनाएका छन । झापाको ५ वटै निर्वाचन क्षेत्रमा रास्वपा उम्मेद्धारको अग्रता दोब्बर तेब्बर रहेको पाइएको छ ।

झापामा प्रत्यक्षतर्फको मतगणना शनिबार बेलुकासम्म सकिने जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीकुमार नेपालले बताउनुभएको छ ।
जिल्लाका पाँचै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले अग्रता लिनुभएको छ । पार्टीका शिर्ष नेताहरुलाई समेत रास्वपाका उम्मेद्वारहरुले पछि पार्नुभएको छ ।
झापा–५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह फराकिलो मतान्तरसहित अग्रस्थानमा रहनुभएको छ । उहाँलाई नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पछ्याइरहनु भएको छ ।
यसैगरी झापा–४ मा रास्वपाका शम्भु सुस्केरा ढकाल अग्रस्थानमा रहनुभएको छ । नेकपा एमालेका लालप्रसाद साँवा दोस्रो स्थानमा रहनुभएको छ । त्यस्तै झापा–३ मा रास्वपाका प्रकाश पाठक अग्रता कायम गर्नुभएको छ । उहाँलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन पछ्याइरहनु भएको छ ।
झापा–२ मा रास्वपाकी इन्दिरा रानामगर फराकिलो मतान्तरले अगाडि रहनुभएको छ । उहाँलाई एमालेका देवराज घिमिरे पछ्याइरहनु भएको छ । रानामगर निवर्तमान उपसभामुख तथा घिमिरे निवर्तमान सभामुख रहनुभएको थियो ।
यस्तै झापा–१ मा रास्वपाकी निशा डाँगी अग्रस्थानमा छन् भने केवलीराम राई (श्रम संस्कृति पार्टी) दोस्रो स्थानमा रहेको छ । यहाँ नेपाली काँग्रेस तेश्रो र नेकपा एमाले उम्मेद्वार चौधो नम्बरमा रहनुभएको छ ।
प्रारम्भिक मतगणनामा झापाका सबै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारहरू अग्रस्थानमा देखिएसँगै जिल्लाको राजनीतिक समीकरणमा नयाँ संकेत देखिएको चर्चा हुन थालेको छ ।
यता
झापा ४ मा रास्वपाका सम्भुप्रसाद ढकाल अग्रता दोब्बर रुपमा बढाउदै
झापाको क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्धार सम्भुप्रसाद ढकालले अग्रता दोब्बर बनाउनुभएको छ । अहिले साढे ५ बजेको अन्तिम मत परिणाम अनुसार झापाका कुल २८ वडा मध्ये गौरीगञ्ज १ र २ को मतपरिणाम सार्वजनिक भएको छ । जसमा रास्वपाका उम्मेद्धार सम्भुप्रसाद ढकालले ३२१७ मत प्राप्त गर्नुभएको छ । अहिले ५ ः ४० बजे गरिएको मत परिणाममा
उहाँका निमत्तम प्रतिद्धन्द्धी सुर्य चिन्हका नेकपा एमालेका लालप्रसाद साँबाले ९५२ मत प्राप्त गर्नुभएको छ । रास्वपाका ढकाल २२६५ मतले अग्रता बनाउनु भएको हो ।
यसैगरि झापा ४ मा नेपाली कांग्रेसका देउकुमार थेबेले ्््््््््््््््््््््््््््््््््््््््््््््९२४ मत प्राप्त गर्नुभयो । नेपाली कम्युनिष्ट पार्टीका पुरुषोत्तम चुडाल राजुले २३४ मत प्राप्त गर्नु भएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेद्धार भक्ति प्रसाद सिटौलाले १४५ मत प्राप्त गर्दा श्रम सस्कृति पार्टीकी अमृता राईले २४१ मत प्राप्त गर्नुभएको छ । उज्यालो नेपाल पार्टीका उम्मेद्धार सन्तोस तामाङले ५३ मत प्राप्त गर्नुभएको छ भने, जनता समाजवादी पार्टीका छाता चुनाव चिन्हले पल्टन ताजपुरियाले ५ मत प्राप्त गर्नुभएको छ । यसैगरि नेकपा माक्सवादीका गैती चिन्हका टेकबहादुर अधिकारीले १० मत ल्याउदा राष्ट्रिय मुक्ति पार्टीका जातोका उम्मेद्धार त्रिनारायण राजवंशीले ५ मत ल्याउनुभएको छ । यसैगरि जनमत पार्टीका स्पीकर चिन्हका लोथ्रो हेमरमले ४० मत प्राप्त गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टीैका माओवादीका गुलाबको फुलले ४ मत ल्याउनुभएको छ । यसैगरी स्वतन्त्र उम्मेद्धार साजन माझिले समेत ३ मत ल्याउनुभएको छ ।
हालसम्म गौरीगञ्ज गाउँपालिका १ र २ नम्बर वार्डको कुल ६ हजार ३०१ मत गणना हुदा ४६६ मत बदर भएर ५ हजार ८३५ मत सदर भएको निर्वाचन कार्यालय प्रमुख भीमप्रसाद भुर्तेलले बताउँनुभयो ।
झापा ४ मा अहिलेसम्मको मत गणनाअनुसार नेपाल मजदुर किसान पार्टीकी तुलसी लक्ष्मी दुमरु मादल, मंगोल नेशनलका दिलिप धिमाल कुखुराको भाले, र संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चको दाप सहितको खुकुरीका उम्मेद्धार किरण लिङदेनले मतको खाता खोल्न सकेका छैनन ।
यस क्षेत्रमा कुल १ लाख ३० हजार ७१२ मतदाता रहेकोमा ८३ हजार ४ सय ६६ मत खसेको थियो ।
भने यस निर्वाचन क्षेत्रमा १ स्वतन्त्र सहित १६ उम्मेद्धार निर्वाचनमा सहभागि रहनुभएको छ ।


