Kanakai Online

झापा ४ मा रास्वपाका सम्भुप्रसाद ढकाल अग्रता दोब्बर रुपमा बढाउदै


शुक्रवार, फागुन २२, २०८२ |

कनकाई अनलाईन
झापाको क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्धार सम्भुप्रसाद ढकालले अग्रता दोब्बर बनाउनुभएको छ । अहिले साढे ५ बजेको अन्तिम मत परिणाम अनुसार झापाका कुल २८ वडा मध्ये गौरीगञ्ज १ र २ को मतपरिणाम सार्वजनिक भएको छ । जसमा रास्वपाका उम्मेद्धार सम्भुप्रसाद ढकालले ३२१७ मत प्राप्त गर्नुभएको छ । अहिले ५ ः ४० बजे गरिएको मत परिणाममा
उहाँका निमत्तम प्रतिद्धन्द्धी सुर्य चिन्हका नेकपा एमालेका लालप्रसाद साँबाले ९५२ मत प्राप्त गर्नुभएको छ । रास्वपाका ढकाल २२६५ मतले अग्रता बनाउनु भएको हो ।
यसैगरि झापा ४ मा नेपाली कांग्रेसका देउकुमार थेबेले ९२४ मत प्राप्त गर्नुभयो । नेपाली कम्युनिष्ट पार्टीका पुरुषोत्तम चुडाल राजुले २३४ मत प्राप्त गर्नु भएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेद्धार भक्ति प्रसाद सिटौलाले १४५ मत प्राप्त गर्दा श्रम सस्कृति पार्टीकी अमृता राईले २४१ मत प्राप्त गर्नुभएको छ । उज्यालो नेपाल पार्टीका उम्मेद्धार सन्तोस तामाङले ५३ मत प्राप्त गर्नुभएको छ भने, जनता समाजवादी पार्टीका छाता चुनाव चिन्हले पल्टन ताजपुरियाले ५ मत प्राप्त गर्नुभएको छ । यसैगरि नेकपा माक्सवादीका गैती चिन्हका टेकबहादुर अधिकारीले १० मत ल्याउदा राष्ट्रिय मुक्ति पार्टीका जातोका उम्मेद्धार त्रिनारायण राजवंशीले ५ मत ल्याउनुभएको छ । यसैगरि जनमत पार्टीका स्पीकर चिन्हका लोथ्रो हेमरमले ४० मत प्राप्त गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टीैका माओवादीका गुलाबको फुलले ४ मत ल्याउनुभएको छ । यसैगरी स्वतन्त्र उम्मेद्धार साजन माझिले समेत ३ मत ल्याउनुभएको छ ।
हालसम्म गौरीगञ्ज गाउँपालिका १ र २ नम्बर वार्डको कुल ६ हजार ३०१ मत गणना हुदा ४६६ मत बदर भएर ५ हजार ८३५ मत सदर भएको निर्वाचन कार्यालय प्रमुख भीमप्रसाद भुर्तेलले बताउँनुभयो ।
झापा ४ मा अहिलेसम्मको मत गणनाअनुसार नेपाल मजदुर किसान पार्टीकी तुलसी लक्ष्मी दुमरु मादल, मंगोल नेशनलका दिलिप धिमाल कुखुराको भाले, र संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चको दाप सहितको खुकुरीका उम्मेद्धार किरण लिङदेनले मतको खाता खोल्न सकेका छैनन ।
यस क्षेत्रमा कुल १ लाख ३० हजार ७१२ मतदाता रहेकोमा ८३ हजार ४ सय ६६ मत खसेको थियो ।
भने यस निर्वाचन क्षेत्रमा १ स्वतन्त्र सहित १६ उम्मेद्धार निर्वाचनमा सहभागि रहनुभएको छ ।

सम्बन्धित खबर