Kanakai Online

ताप्लेजुङमा नेकपाका परागको सुरुवाती अग्रता


शुक्रवार, फागुन २२, २०८२ |

कनकाई अनलाईन
प्रतिनिधि सभा सदस्य निर्वाचन ताप्लेजुङमा नेपाली कम्युनिस्ट पार्टीका खेलप्रसाद बुढाक्षेत्री ९पराग०ले सुरुवाती अग्रता लिनुभएको छ ।

सिरिजङ्घा गाउँपालिका वडा नं।५ पेदाङको मत गणना सकिँदा परागले ३४४ मत प्राप्त गर्नुभएको हो । जम्मा ७४० मत गणना गर्दा नेपाली कांग्रेसका गजेन्द्र तुम्याहाङले १६१ मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेका क्षितिज थेबेले १४९ मत प्राप्त गर्नुभएको छ ।

यस्तै रास्वपाका विरेन्द्र श्रेष्ठले २८ मत प्राप्त गर्नुहुँदा श्रम २३ मत प्राप्त गर्नुभएको छ । यता राप्रपाले २ र सिङ्घिया लोकतान्त्रिक राष्ट्रिय मञ्चले ९ मत प्राप्त गरेको छ । यस्तै २२ मत बदर भएको छ । पेदाङ परागको गृह वडा पनि हो ।