कनकाई अनलाईन
झापाको क्षेत्र नम्वर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेद्धार निशा डाँगीले अग्रता बढाउदै लैजानु भएको छ ।
रास्वपा उम्मेद्धार निशा डाँगीले ३१७० मत ल्याउदा उहाँका प्रतिद्धन्द्धी श्रम सस्कृति पार्टीका केवलराम राईले १३२० मत ल्याउनु भएको छ । यस निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका उम्मेद्धार केशव पाण्डेले १०२८ मत ल्याउनु भएको छ भने एमालेका रामचन्द्र उप्रेतीले ७८० मत ल्याउनुभएको छ । यसैगरि राष्ट्रि प्रजातन्त्र पार्टीका हेमराज कार्कीले १९३ र नेपाली कम्युनिष्ट पार्टीका अषेश घिमिरेले ७६ मत मात्रै ल्याउनुभएको छ । यस निर्वाचन क्षेत्रमा रास्वपाकी उम्मेद्धार डाँगी १८५० मतले अग्रता बनाइरहनुभएको छ । हालसम्म यस निर्वाचनमा कुल ७०९१ मतको गणना भइसकेको निर्वाचन कार्यालयले जनाएको छ । यस क्षेत्रमा कुल ८३८२२ मत खसेको थियो ।


