कनकाई अनलाईन
झापाको क्षेत्र नम्बर ४ मा पनि मत गणना जारी छ । आज विहान साढे ७ बजेबाट थालिएको मत गणनामा हालसम्म गौरीगञ्ज गाउँपालिका १ को मत गणना जारी छ । मतको सटिङ सकिएको छ अब गणना जारी पहिले हरेक पार्टीको अलग अलग मतपत्रको थुप्रो बनाइएकोमा अहिले पुन मिसाएर एउटै बनाई पुन मत गणना थालिएको कारण पहिलो मत परिणाम आउन ढिलाई भएको हो ।
झापा ४ मा जम्मा २८ वार्ड र १ लाख ३० हजार ७१२ मतदाता रहेका छन भने यसपटक ८३ हजार ४ सय ६६ मत खसेको छ ।
अबको आधा घण्टामा पहिलो मत परिणाम आउने निर्वाचन कार्यालयले जनाएको छ ।


