Kanakai Online

निर्वतमान सभामुख घिमिरेद्धारा मतदान


बिहिवार, फागुन २१, २०८२ |

कनकाई अनलाईन
निवर्तमान सभामुख देवराज घिमिरेले झापाको अर्जुनधारा नगरपालिका–६ स्थित बाल कल्याण आधारभूत विद्यालयबाट मतदान गर्नुभएको छ।
निवर्तमान सभामुख देवराज घिमिरेले झापाको अर्जुनधारा नगरपालिका–६ स्थित बाल कल्याण आधारभूत विद्यालयबाट मतदान गर्नुभएको छ।
निवर्तमान सभामुख तथा नेकपा एमालेको तर्फबाट झापा क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार देवराज घिमिरेले मतदान गर्नुभएको हो ।

घिमिरेले बालकल्याण आधारभूत विद्यालय, अर्जुनधारा नगरपालिका–६ स्थित मतदान केन्द्रबाट पहिलो मतदाता बनेर मतदान गर्नुभएको हो । मतदानपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै घिमिरेले लोकतन्त्रलाई बलियो बनाउन सबै नागरिकले उत्साहका साथ मतदानमा सहभागी हुन आग्रह गर्नुभयो ।

निवर्तमान सभामुख घिमिरे र निवर्तमान उपसभामुख इन्दिरा रानामगर एउटै निर्वाचन क्षेत्रमा उम्मेद्वार रहेका कारण यो क्षेत्र चर्चामा रहेको छ । झापा क्षेत्र नं. २ का विभिन्न मतदान केन्द्रहरूमा बिहानदेखि नै मतदाताको उपस्थिति उत्साहजनक देखिएको छ ।

यता कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले झापा क्षेत्र नम्वर १ स्थित मेचीनगर नगरपालिका – ९ को कविशिरोमणि मतदान स्थलको मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।
शर्माले विहानै ७ बजेर ९ मिनेटमा मतदान गरेपछि सबै नेपाली मतदातालाई आवेश मुक्त भएर आफ्नो विवेकले मतदान गर्न अनुरोध समेत गर्नुभएको छ । उहाँले मतदानपछि पत्रकारहरुसग कुराकानी गर्दै अहिलेको मतले देशको समाधान पनि दिने बताउँनुभएको छ । शर्माले सबै राजनैतिक दलका प्रतिनिधिहरुलाई समेत निर्वाचन भयरहित वातावरणको बनाउन सहयोग गर्न पनि अनुरोध गर्नुभएको छ ।

झापामा यस प्रतिनिधिसभामा ९० उम्मेद्धार विभिन्न दल र स्वतन्त्र चुनावमा उम्मेद्धारी दिनुभएको छ । झापामा ७ लाख १३ हजार ५३७ मतदाता रहेका छन्। तीमध्ये ३ लाख ५८ हजार ३४६ पुरुष, ३ लाख ५५ हजार १८३ महिला र ८ जना अन्य मतदाता रहदा १० हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । यसैगरि विहानको पहिलो १ घण्टाभित्रै करिव ८ प्रतिशत मतदान भएको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालले बताउँनुभयो ।