Kanakai Online

नेपाली कांग्रेसका उपसभापति शर्माद्धारा मतदान


बिहिवार, फागुन २१, २०८२ |

कनकाई अनलाईन
कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले झापा क्षेत्र नम्वर १ स्थित मेचीनगर नगरपालिका – ९ को कविशिरोमणि मतदान स्थलको मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।
शर्माले विहानै ७ बजेर ९ मिनेटमा मतदान गरेपछि सबै नेपाली मतदातालाई आवेश मुक्त भएर आफ्नो विवेकले मतदान गर्न अनुरोध समेत गर्नुभएको छ । उहाँले मतदानपछि पत्रकारहरुसग कुराकानी गर्दै अहिलेको मतले देशको समाधान पनि दिने बताउँनुभएको छ । शर्माले सबै राजनैतिक दलका प्रतिनिधिहरुलाई समेत निर्वाचन भयरहित वातावरणको बनाउन सहयोग गर्न पनि अनुरोध गर्नुभएको छ ।

झापामा यस प्रतिनिधिसभामा ९० उम्मेद्धार विभिन्न दल र स्वतन्त्र चुनावमा उम्मेद्धारी दिनुभएको छ । झापामा ७ लाख १३ हजार ५३७ मतदाता रहेका छन्। तीमध्ये ३ लाख ५८ हजार ३४६ पुरुष, ३ लाख ५५ हजार १८३ महिला र ८ जना अन्य मतदाता रहदा १० हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । यसैगरि विहानको पहिलो १ घण्टाभित्रै करिव ८ प्रतिशत मतदान भएको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालले बताउँनुभयो ।