Kanakai Online

सवारी दुर्घटनामा एकको मृत्यु


शनिवार, फागुन १६, २०८२ |

कनकाई अनलाईन
झापाको बिर्तामोडमा दुईवटा सवारीसाधन ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ । दुर्घटना भित्री सडकखण्डमा शुक्रवार राति भएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा मेचीनगर–१३ चारआलीका २५ वर्षीय विशाल पौडेल रहनुभएको छ । उहाँको बिएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो ।

शुक्रवार राति ०९ः२० बजे बिर्तामोड–४ स्थित निर्माणाधीन नागरिक सामुदायिक अस्पतालअगाडि हर्कलाल मार्गमा कार र मोटरसाइकल जुध्दा मोटरसाइकल चालक पौडेलको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकलको पछाडि बसेका कनकाई–६ का २५ वर्षीय चन्द्रकिशोर चापागाईं गम्भीर घाइते हुनुभएको छ । उहाँको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । उहाँको चिन्ताजनक अवस्थामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार बिर्तामोडबाट सैनिक बजारतर्फ जाँदै गरेको बागमती प्रदेश–०१–०२५ च ६०५० नम्बरको कार र विपरीत दिशाबाट आउँदै गरेको प्र १–०१–०१६ प ३९५९ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा दुर्घटना भएको हो ।

प्रहरीले कार चालक बिर्तामोड ६ का २५ वर्षीय चिराग सिन्हालाई नियन्त्रणमा लिएको छ । घटनाकारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सम्बन्धित खबर