कनकाई अनलाईन
तरुण दल नेपालको कनकाई नगरपालिका ३ का पुर्व वार्ड सभापति तथा नेपाली चलचित्रका नायक चिरन बिमली नेकपा एमाले प्रवेश गरेका छन ।
उनी अभिनित चर्चित नेपाली फिल्म ब्रेक फेलमा उनी नायकको भुमिका निभाएका थिए । उनी नेपाली कांग्रेसको युवा भातृ संगठन तरुण दलको कनकाई नगर ३ नम्बर वार्डका पुर्व सभापति समेत रहेका थिए । उनलाई नेकपा एमालेका केन्द्रिय अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओली, पार्टीका प्रदेश सचिवालय सदस्य तथा झापा क्षेत्र नम्बर ४ का उम्मेद्धार एलपी साँबा लिम्बु लगायातले पार्टी प्रवेश गराएका हुन । युवा माझ निक्कै लोकप्रिय मानिनुहुने बिमलीले पार्टी प्रवेश गरेसगै आफ्नो चुनावी गतिविधिमा सकरात्मक प्रभाव परेको नेकपा एमालेका कनकाई नगर इन्चार्ज रविन्द्र लम्सालले बताउँनुभयो । आगामी फागुन २१ गते हुने निर्वाचनमा अहिले झापा ४ मा एमालेले आफ्नो चुनावी घरदैलो र पिढि सभालाई अन्तिम अवस्थामा पुर्याएको उम्मेद्धार साँबाले कनकाई अनलाईनलाई बताउँनुभयो ।


