कनकाई अनलाईन
जंगली हात्तीको आक्रमणबाट घाइते भएकी झापा बाह्रदशीकी महिलाको मृत्यु भएको छ ।
सोमवार राती १ बजे बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारका क्रममा बाह्रदशी १बोक्राझारी बस्ने ५० वर्षीया लिला राजवंशीको मृत्यु भएको हो ।
गत फागुन ७ गते बिहान ५;४५ बजे बाह्रदशी १बोक्राझारी बस्ने लखनलाल राजवंशीकी श्रीमती लिलाले आफ्नो बनाउँदै गरेको पक्की घरमा पानी हाल्ने क्रममा लक्ष्मीनाथ सामुदायिक वन भागुडुब्बाबाट एउटा जंगली हात्ती आई उहाँलाई अचानक आक्रमण गरेको थियो ।
लिलालाई आक्रमण गरी शरीरको विभिन्न भागमा चोट पु¥याइ गम्भीर घाइते बनाएको बनाएको थियो । घाईते राजवंशीको विएण्डसी अस्पताल विर्तामोडमा उपचार भइरहेकोमा गएराती मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । झापामा लामो समयदेखि मानव हात्ती द्धन्द्धका क्रममा दर्जनौ हात्ती र मानवको समेत मृत्यु हुदै आइरहेको छ ।


