
कनकाई अनलाईन
झापाको पुर्वपश्चिम राजमार्गस्थित शिवसताक्षी नगरपालिका १० कनकाई माईको पुलमा अज्ञात समुहले समाजलाई आतंकित पार्ने गरी कागजको डल्लोभित्र होसियार लेख्दा ३ घण्टा यातायात अवरुद्ध भएको छ ।
मंगलवार विहान करिव ३ बजेको समयमा कनकाई माई पुलको विच भागमा नेपाल बन्द होसियार लेखेको बम आकृतिमा राखिएको पाईएको थियो । बाटोमा राखिएको उक्त वस्तुलाई निर्वाचनको सुरक्षाका लागि हिडेको गस्ती टोलीले देखेपछि विहान ३ बजेदेखि विहान साढे ६ बजेसम्म उक्त सडक अबरुद्ध गर्नुपरेको प्रहरीले जनाएको छ । उक्त शंकास्पद बस्ते अरिमदल गण चारआलीको सेनाको बम डिस्पोज टोली बोलाएर हेर्दा कागजभित्र पराल मात्रै हालेर बम जस्तै आकृति बनाएको पाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उक्त बस्तु निर्वाचनलाई लक्षित गरि आतंकित पार्ने उद्धेश्यले राखिएको पाइएको र यस्तो शंकास्पद गतिविधि गर्नेलाई खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
यसअघि समेत यसै कनकाई माईको पुलमा अज्ञात व्याक्तिले प्रेसर कुकरभित्र बारुद र काटी राखेर पर्चा सहितको बस्तु फेला पारिएको थियो उक्त बस्तु राख्ने व्याक्तिलाई प्रहरीले पक्राउ गरि हाल कारागारमा राखिसकेको छ ।


