कनकाई अनलाईन
झापाको बिर्तामोडमा आयोजित सातौ झापा गोल्डकपको उपाधि मछिन्द्र फुटबल क्लव काठमाण्डौले जितेको छ ।
सोमवार सम्पन्न फाईनल खेलमा विभागिय टिम सशस्त्र प्रहरीको एपिएफलाई ३—१ गोल अन्तरले पराजित गर्दै मछिन्द्रले उपाधि रक्षा गरेको हो । उपाधिसगै मछिन्द्रले नगद १५ लाख रुपैँया प्राप्त गरेको प्राप्त छ । उपबिजयी भएको टिम एपिएफले नगद ७ लाख ५० हजार रुपैँयामा चित्त बुझाएको छ ।
खेलको प्लेयर अफ द म्याच विजेता टिम मछिन्द्रका प्रदिप बुढाथोकी घोषित हुनुभयो । उहाँले नगद २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नुभयो ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी मछिन्द्रका पेमा तामाङ हुनुभयो उहाँले यामाहा कम्पनीको एकथान मोटरसाइकल प्राप्त गर्नुभयो । बेष्ट गोलकिपर मछिन्द्रका विशाल श्रेष्ठ, बेष्ट कोच मछिन्द्रकै प्रवेश कटवाल, हाई स्कोरर मछिन्द्रका जोनाथन जोरिल्ला हुनुभयो उहाँहरु सबैले जनही ३५ हजार रुपैयाँ नगद प्राप्त गर्नुभयो ।
खेलमा ३१ औँ मिनेटमा मछिन्द्रले अग्रता बनायो । मछिन्द्रका प्रदिप बुढाथोकीले विदेशी खेलाडी अयोला हमजातको पासमा गोल गर्नुभयो । मछिन्द्रले दोस्रो गोल खेलको ४५ औ मिनेटमा विदेशी खेलाडी फ्रयाङक अनोहले गर्नुभयो । उहाँले देबेन्द्र तामाङको पासमा गोल गर्नुभएको थियो ।
खेलको ८३ औँ मिनेटमा मछिन्द्रका अर्का विदेशी खेलाडी अलिसन अलिजोनोभले गर्दै टिमलाई जितको सुनिश्चित गर्नुभयो । अलिसनले अयोला हमजातको कर्नर प्रहारमा अलिसनले गोल गर्नुभएको हो ।
खेलको ८२ औँ मिनेटमा एपिएफका दिपेश धिमालले गरेको एक मात्र गोल सान्तना गोल हुन पुग्यो । एफिएफका विश्वास उदासको फ्रिकिकलाई मछिन्द्रका डिफेण्डरले क्लियर गर्न नसकेको बललाई एपिएफका दिपेश धिमालले गोल गर्नुभएको हो ।
खेलको ७६ औँ मिनेटमा एपिएफ १० खेलाडीमा सीमित हुन पुगेको थियो । एफिएफका मानबहादुर राना मगर दोहोरो पहेँलो कार्डका कारण रातो कार्ड पाउँदै खेलबाट बाहिरिएपछि एपिएफले खेलमा दबाबको सामना गरेको थियो ।
प्रतियोगितामा नेपालका तीन विभागीय क्लब नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, मछिन्द्र फुटबल क्लब, लालिगुराँस एसोसिएसन नेपाल पोखरा, चर्च ब्वाइज युनाइटेड, आयोजकको टिम झापा–११ तथा भारतको सिङलिङ स्पोर्टिङ क्लब, भुटानको आरटिसी भुटान र मलेसियाको एन पेनाङ एफसीको सहभागिता रहेको थियो ।
विजेता तथा उपविजेतालाई प्रमुख अतिथि अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकजविक्रम नेम्वाङ, बिर्तामोड नगरप्रमुख पवित्रा महतारा प्रसाईं, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, आयोजक झापा गोल्डकपका अध्यक्ष केदार गिरीलगायतले नगद र पुरस्कार प्रदान गर्नुभयो ।


