कनकाई अनलाईन
झापाको दक्षिणी क्षेत्र जलथलको चारकोशे झाँडीभित्र फेरी मृत बयस्क जंगली हात्ती मृत फेला परेको छ ।
बिहीबार दिउसो करिव साढे ३ बजेको समयमा कचनकवल गाउँपालिका ७ स्थित ज्योती सामुदायिक वन समुहभित्र भाले प्रजातिको जंगली हात्ती मृत अवस्थामा फेला परेको पाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक खगेन्द्रबहादुर खड्काले बताउँनुभयो । डिभिजन वन कार्यालय र प्रहरीको टोलीले उक्त मृत जंगली हात्तीको आवश्यक प्रक्रिया पूरा गरि सदगद गरिएको प्रहरीले जनाएको छ । मृतक हात्तीको दाह्रा सकुशल भएकोले विसाक्त खानाको कारण हात्ती मरेको हुनसक्ने तर पोस्टम्याटम रिर्पोटपछि मात्रै मृत्युको वारेमा जानकारी हुनसक्ने डिभिजन वन कार्यालय झापाले जनाएको छ । झापामा पछिल्लो समय मानव र हात्तीको द्धन्द्धका कारण बर्षेनी दर्जनौको सङ्ख्यामा जंगली हात्ती र मानिसको मृत्यु हुने गरेको छ ।


