Kanakai Online

बुद्धशान्तिमा मोटरसाईकल ट्याक्टरको डालोमा ठोक्किदा,चालकको मृत्यु


मङ्गलवार, माघ २८, २०८२ |

कनकाई अनलाईन
झापाको बुद्धशान्ति गाउँपालिका २ इन्द्रेणी चौकमा रोकिराखेको ट्रयाक्टरको डालामा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ, भने पछाडि सवार अर्का व्यक्ति घाइते भएका छन् ।
गएको माघ २४ गते राति ८ः३० बजे बुद्धशान्ति २ इन्द्रेणी चोकस्थित भित्री सडकखण्डमा बुधबारेबाट जयपुरतर्फ जाँदै गरेको प्र.१–०१–०१७ प ३५१४ नम्बरको मोटरसाइकल बाटोमा रोकिराखेको मे. १ त ७७६७ नम्बरको ट्रयाक्टरको पछाडि डालामा ठोक्किएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक अर्जुनधारा ६ का ३५ वर्षिय प्रबिण आङदेम्बे र सोही मोटरसाइकलमा सवार पाँचथर फाल्गुनन्द ७ घर भई हाल बिर्तामोड १ बस्ने ४८ वर्षीय हरि आङदेम्बे घाइते भएका थिए ।
दुवैजना घाइतेलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएको थियो । उपचारका क्रममा सोमवार दिउँसो २ः३० बजे मोटरसाइकल चालक प्रबिण आङदेम्बेको मृत्यु भएको हो । मृतकको शव सोही अस्पतालमा रहेको झापा जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । अर्का घाइते बीएण्डसीमा उपचाररत रहेका छन् । मोटरसाइकल, ट्रयाक्टर र ट्रयाक्टर चालक मेचीनगर २ का वीरबहादुर बिश्वकर्मालाई इलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सम्बन्धित खबर