
कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका २ मा अवस्थित हेप्पील्याण्ड फनपार्क सेल्फी डाँडामा खेल्नेक्रममा रेलगाडीको डब्बा खस्दा ४ जना सख्त घाईते भएका छन । यसअघि यहि फनपार्कमा एक कामदारको समेत करेन्ट लागेर मृत्यु भएको थियो । त्यसबेला फनपार्कको इन्सुरेन्स समेत नहुदा पिडित परिवारलाई क्षतिपूर्ति दिएर घटना साम्य बनाइएको थियो । आज समेत
दिउसो २.५० बजेको समयमा फनपार्कभित्र अवस्थित रेल गाडी रोलर कोस्टर चलाउने क्रममा रेलगाडीको डिब्बा खसेको थियो । रेलगाडी खेल्ने क्रममा खसेर घाईते हुदा बुद्धशान्ति गाउँपालिका ४ की ४५ बर्षिय पेमा शेर्पा सोही वार्डकी प्रज्वल सेर्पाकी ५ बर्षिय छोरी शुविस्ना शेर्पा ३१ बर्षिय प्रियंका शेर्पा र बिर्तामोड नगरपालिका १ की ५६ बर्षिय डम्बरकुमारी दर्जी सख्त घाईते भएका छन । पार्कमा खेलिरहेको बखत उनीहरु सवार एउटा डब्बा अचानक खुस्किएर भुईमा झरेको थियो । घाईते सबैको स्थानीय कनकाई नगरअस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि बिर्तामोडस्थित विएण्डसी अस्पतालमा भर्ना गरिएकको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घाईतेमध्ये दर्जीको अवस्था गम्भिर रहेको र उनको छाती र ढाडमा चोट लागेको प्रहरीले जनाएको छ । कनकाई नगरपालिका २ मा अवस्थित यस फनपार्कमा यसअघि समेत एक कामदारको स्वीमिङ पुलमा करेन्ट लागेर मृत्यु भएको थियो ।
विना सुरक्षा सावधानी फनपार्कमा खेल तमासाहरु खेलाइनाले गर्दा यस्ता मानिसको ज्यानै जान थालेपछि फनपार्कको सुरक्षा संवेदनशीलता बढेको स्थानीयको भनाई छ । घटनावारे थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । दुर्घटनामा भएछि हाल फनपार्कका कर्मचारीले उपचार गराइरहेको पिडित परिवारले जनाएको छ । यस फर्नपार्कमा एकपछि अर्को खेल तमासाहरु थप गरेपनि कुनै सुरक्षा सावधानीको उपाय अवलम्बन नगरि खेल खेलाउदा बेला बखत मानिसको ज्यानै समेत जाने गरेको छ । यसरी एकपछि अर्को दुर्घटना बढन थालेपछि फनपार्कको सुरक्षा व्यावस्थालाई लिएर मानिसको जीउ ज्यानको रक्षाका लागि प्रशासनले अनुगमन गराउँन माग गरिएको छ । हेप्पी ल्याण्ड सेल्फी डाँडामा खेलाइने अधिकांस खेल तमाशाहरुमा सुरक्षा जोखिम रहेको पाइएको छ । विना सेफ्टी खेल खेलाउदा मानिसको ज्यानै जोखिममा पर्ने गरेको छ ।


