कनकाई अनलाईन
झापाको शिवसताक्षीमा माटोको ढिस्कोले पुरिएर आज एकजना कामदारको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा सिरहा लहान बस्ने अन्दाजी ३५ वर्षीय रमेशकुमार यादव रहेका छन् ।
शुक्रवार दिउँसो २ः१० बजे शिवसताक्षी ११ सतासी खोलाको शाखा कल्भर्टमा एनसेलका कामदार यादवको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो ।
फाइबर जडान गर्नलाई बनाएको जमिनमुनिको खाल्डोमा पसेर काम गरिरहेको अवस्थामा एक्कासि छेउको माटोको ढिस्को भत्किएर उनी पुरिएका थिए ।
घाइते यादवलाई स्थानीयको सहयोगमा एम्बुलेन्सद्वारा दमक अस्पताल दमक लगिएकोमा दिउँसो ३ः३५ बजे उपचारको क्रममा उनको मृत्यु भएको हो ।
मृतकको शव सोही अस्पतालमा रहेको छ । घटनाबारे अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता खगेन्द्रबहादुर खडकाले बताउँनुभएको छ ।


