Kanakai Online

पत्रकार सिएम शर्मा सम्मानित


मङ्गलवार, माघ १४, २०८२ |

कनकाई अनलाईन
झापाको कनकाई नगरपालिकास्थित कनकाई माविले आफ्नो ६७ औ बार्षिकत्सवको अवशरमा पत्रकार सिएम शर्मा सहित विद्यालयका संस्थापक लगायातलाई सम्मानित गरेको छ ।


विद्यालयले पत्रकार शर्मालाई नगद ५ हजार सहित सम्मान गरेको हो । कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले शर्मा लगायातलाई सम्मान गर्नुभयो ।
यसैविच विद्यालयको ६७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा विद्यालयका संस्थापक स्व. जनमेजय अधिकारीलाई मरणोपरान्त सम्मान गरिएको छ ।
२०१५ सालमा आफ्नो गाईगोठबाट विद्यालय स्थापना गर्ने स्वर्गीय अधिकारीलाई प्रदान गरिएको सम्मान कान्छा छोरा यदुनाथ अधिकारी र बुहारी टीका अधिकारीले ग्रहण गरेका थिए । वि. सं. १९८१ मा पाल्पाको तानसेनमा जन्मी जीवन सङघर्षका क्रममा भारतको पूर्वोत्तर राज्य आसामलगायत विभिन्न ठाउँमा जीवनोपयोगी अनुभव सँगाल्दै वि. सं. १९९९ देखि झापाको सुरुङ्गामा बसोबास गर्न थालेका समाजसेवी स्व. अधिकारीले शिक्षाले मात्र मानिसको जीवन बदलिन्छ र समाज रूपान्तरण सम्भव हुन्छ भन्ने महान् सोचका साथ विद्यालय स्थापना गरेका थिए । उनीहरूलाई
प्रमुख अतिथि स्थानीय सरकार कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल र विशेष अतिथि कनकाई नगरपालिका नगर शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख राजकुमार ओडारीले सम्मान गरेका थिए ।
विद्यालयका अध्यक्ष चन्द्रप्रसाद प्रसाईंको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका पूर्व प्रधानाध्यापक एवं विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष, अग्रज साहित्यकार कोमलप्रसाद पोखरेल र पूर्व अध्यक्ष तथा सल्लाहकार संयोजक जनार्दन उप्रेतीलाई उनीहरूले गरेको विशिष्ट योगदानका लागि अभिनन्दन गरिएको थियो ।
सो अवसरमा पूर्व प्रधानाध्यापकद्वय निर्मलकुमार खतिवडा र गोपीकृष्ण भट्टराई एवम् सेवा निवृत्त शिक्षक बल्लभकुमार गौतमलाई सम्मान गरिएको थियो । कार्यक्रममा विद्यालयका पूर्व विद्यार्थी कनकाई नगर अस्पतामा कार्यरत डा. सुशम पाठकलाई सम्मान गरिएको थियो । सो कार्यक्रममा विद्यालयमा स्मार्ट कम्प्युटर ल्याब स्थापना गरी २१ थान ब्रान्डेड डेस्कटप कम्प्युटर प्रदान गर्ने रोटरी क्लब अफ सुरुङ्गालाई कदरपत्रद्वारा सम्मान गरिएको थियो । सो सम्मान प्रेसिडेन्ट डिल्लीराम मैनाली र सेक्रेटरी रामप्रसाद निरौलाले ग्रहण गरेका थिए । यसै गरी, छायाँ नेपाललगायतका गैरसरकारी संस्थासँग समन्वय गरी विद्यालयमा बहिरा विद्यार्थीका लागि १ करोड रुपैयाँको लागतमा सुविधासम्पन्न छात्रावास भवन निर्माणका लागि गरेको योगदानको मूल्याङ्कन गदै विशेष शिक्षा संयोजक जीवेन्द्र घिमिरेलाई कदरपत्रद्वारा सम्मान गरिएको थियो ।
सो अवसरमा शिक्षकहरू मन्दिरा सुवेदी, बिमला अधिकारी, अम्बिकाप्रसाद रिजाल, मोहन खतिवडा, सङ्गीता उप्रेती, निर्मलादेवी भट्टराई, पूजा न्यौपाने, जुना अधिकारी, शीतल रेग्मी र कर्मचारी नारद श्रेष्ठलाई सम्मान गरिएको थियो । कार्यक्रममा हालै सम्पन्न १६ औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा विद्यालयलाई मार्चपासमा प्रथम स्थानसहित २९ स्वर्ण पदक, १७ रजत पदक र १५ कास्य पदक हासिल गरी नगर विजेता विद्यालयको रूपमा स्थापित गर्न अत्यन्तै महत्त्वपूर्ण योगदान गरेकोमा खेल संयोजक लक्ष्मीकान्त कर्ण, सहसंयोजक श्री टीकाराम चिमरिया, आधारभूत तह संयोजक खेमराज भट्टराई, किशोर अधिकारी, लोकन्द्रराज दाहाल, किशोर महत, भूवन खतिवडा, केशव घिमिरे, ऋतु सोडारी, दुर्गादेवी पौडेल, सुबोध तिम्सिना, उमा राई, जीवन पौडेल, विशाल रेग्मी र गणेश सङ्ग्रौलालाई जनही २ हजार नगदसहित कदरपत्रद्वारा सम्मान गरिएको थियो ।
विद्यालयका प्रधानाध्यापक कर्णबहादुर डाँगीले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने शिक्षक अभिभावक सङ्घका अध्यक्ष खगमाया चापागाईंले अभिभावकको तर्फबाट आफ्नो मन्तव्य राखेकी थिइन् । सो अवसरमा कनकाई तारा गायनतर्फ प्रथम उज्ज्वल अधिकारी, द्वितीय आशा ओली, तृतीय कुसुम ठटाल, कन्काई लिटल स्टार गायनतर्फ, प्रथम इप्सिका गुरागार्इँ, द्वितीय गृष्मा अधिकारी, तृतीय विनिता पौडेल, कनकाई तारा नृत्यतर्फ प्रथम गरिमा बस्नेत, द्वितीय अस्मी लिम्बू, तृतीय पूर्णिमा भुर्तेल, कन्काई लिटल स्टार नृत्य तर्फ पहिलो सुप्रिया कार्की, दोस्रो आयुषा अधिकारी, तेस्रो लाज्मा चौधरी, सान्त्वना स्थान ल्याउने प्रेसिका ओलीलाई विन्दा स्मृति अक्षयकोष र खुश्बू ओली प्रतिभा अक्षयकोषबाट पुरस्कृत गरिएको थियो ।
शिक्षक प्रतिनिधि दिलिपकुमार खतिवडाले स्वागत मन्तव्य राखेको कार्यक्रममा शिक्षक उर्मिला कोइरालाद्वारा लिखित तथा निर्देशित ‘आखिर जिम्मेवार को हो ?’ नामक सन्देशमूलक नाटक प्रदर्शन गरिएको थियो । विद्यालयकी योग शिक्षक निर्मला भट्टराईद्वारा संयोजित सूर्य नमस्कार तथा डम्बेल नृत्य प्रस्तुत गरिएको कार्यक्रममा विद्यार्थीहरू स्मारिका सापकोटा, इस्ता दवाडी, विनम बुढाथोकी, सुविज्ञा अधिकारी, स्वस्तिका गोश्वामी, वन्दना सेडाईँ, दिक्षक कोइराला, आयुष गिरी र प्रतीक्षा मिश्रले संस्कृत, नेपाली र अङ्गेजी भाषामा मन्तव्य राखेका थिए । सो अवसरमा शिक्षकद्वय लोकन्द्रराज दाहाल, स्काउट शिक्षक किशोर महत र कर्मचारी बुद्धिमान कन्दङ्वाद्वारा संयोजित विद्यार्थीको मार्चपास, पीटी र सलामी अर्पण समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा जातीय संस्कृति झल्काउने नृत्य प्रस्तुत गरिएका थिए भने शिक्षकहरूको सामूहिक नृत्यले दर्शकलाई आकर्षित गरेको थियो । कार्यक्रममा प्राथमिक तहका ससाना नानीबाबुहरूले साङ्गीतिक प्रस्तुति राखेका थिए ।
कार्यक्रममा सल्लाहकारहरू शम्भु ढकाल (सुस्केरा), सरला दाहाल पोखरेल, भीमबहादुर लिम्बू, राष्ट्रिय स्वतन्त्र पार्टीका नगर अध्यक्ष मोहन थापा, कनकाई बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख विकासप्रसाद उप्रेती, अङ्ग्रेजी भाषा प्रशिक्षक टीकाप्रसाद लामिछाने, कनकाई सुरुङ्गा प्रेस क्लबका अध्यक्ष लीलाराज झापाली, सुरुङ्गा जेसिजका अध्यक्ष मेनुका उप्रेतीलगायतको आतिथ्य रहेको थियो ।
कार्यक्रमको सञ्चालन शिक्षकद्वय सङ्गीता उप्रेती र टीकाराम चिमरियाले गरेका थिए ।