
कनकाई अनलाईन
झापाको कनकाईमा रहेको कनकाई उद्योग वाणिज्य सङ्घको अध्यक्षमा जनक कार्की सर्वसम्मत चयन हुनुभएको छ।
सङ्घको शुक्रबार सम्पन्न ११औ साधारण सभा तथा चौथो अधिवेशनबाट युवा व्यवसायी कार्की सर्वसम्मत अध्यक्षमा चयन हुनुभएको हो ।
त्यसैगरी समितिको वरिष्ठ उपाध्यक्षमा सरोज सिटौला , वाणिज्य उपाध्यक्षमा डिल्ली राम पौडेल र उद्योग उपाध्यक्षमा टिका राम बराल , महासचिवमा सोमनाथ उप्रेती , कोषाध्यक्ष राजकुमार शाह , वाणिज्य सचिव शान्ता अधिकारी र उद्योग सचिव सागर ओली सर्वसम्मत चयन हुनुभएको निर्वाचन समितिका संयोजक कुमारमणी पोखरेलले जानकारी दिनुभएको छ ।
संघको खुल्ला सदस्यहरुमा रमेश भट्टराई , दिपेन्द्र थपलिया , शंकर मैनाली , दुर्गाप्रसाद पाठक , महेन्द्र मैनाली ,मान बहादुर दाहाल , तिलक श्रेष्ठ र महिला सदस्या निर्मला चामलिङ राई , लक्ष्मी बस्नेत रचित्रा श्रेष्ठ चयन हुनुभएको निर्वाचन समिति संयोजक पोखरेल जानकारी दिनुभएको छ ।
संघका कार्यबाहक अध्यक्ष ९वर्तमान अध्यक्ष ० जनक कार्कीको अध्यक्षततामा भएको साधारण सभामा नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतको प्रमुख आतिथ्यता रहेको थियो ।
सभामा संघका कार्यवाहक अध्यक्ष कार्कीले संस्थाको संगठनात्मक गतिविधिहरू, सङ्घको चुनौतीहरू , भावी योजनाहरू समेटिएको अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
त्यस्तै संघका महासचिव सरोज सिटौलाले संघले आर्थिक वर्ष २०७८र २०७९ , २०७९ र२०८० , २०८०र २०८१ र २०८१र२०८२ अवधिमा सम्पन्न गरेका गतिविधिहरू , कार्यक्रमहरू समावेश गरी तयार गरिएको महासचिवको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
संघका कोषाध्यक्ष राजकुमार शाहले सङ्घको आर्थिक २०७८र २०७९ देखी २०७९ र२०८० , २०८०र २०८१ र २०८१र२०८२ सम्मको आर्थिक प्रतिवेदन सभामा पेश गर्नुभएको थियो । सङ्घका कार्यवाहक अध्यक्ष, महासचिव र कोषाध्यक्ष तिनै जनाले प्रस्तुत गर्नुभएको प्रतिवेदन माथि बन्द सत्रले व्यापक छलफल गरी पारित समेत गरेको छ ।
साधारण सभाकै अवसरमा सङ्घले आफ्नो भवनको प्राङ्गणमा स्थापना गरेको मण्डपको उद्घाटन समेत गरेको छ। कार्यक्रमका प्रमुख अतिथि विशिष्ट अतिथि अतिथि लगायतले उक्त मण्डपको उद्घाटन गर्नुभएको हो ।
कार्यक्रममा संघमा आबद्ध पुराना व्यवसायी लक्ष्मीपुरमा लामो समयदेखि नेहा टेलर्स सञ्चालन गर्दै आउनुभएका मोहम्मद नाजिमिन लाई सम्मान गरिएको छ । त्यसैगरी सङ्घको भवन प्राङ्गणमा कार्यक्रमकै अवसरमा उद्घाटन गरिएको मण्डप निर्माणमा सहयोग गर्नुहुने सबैलाई प्रशंसापत्रद्वारा सम्मान गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासङ्घका कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउत , विशिष्ट अतिथि कोशी उद्योग वाणिज्य महासंघका संस्थापक अध्यक्ष नरेन्द्र खड्का , नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य उमेश डालमिया , कोशी प्रदेश सदस्य वीरेन्द्र शाह , राजनीतिक दलको तर्फबाट नेपाली कांग्रेस कनकाई नगर सभापति दुर्गा प्रसाई , कनकाई बहुमुखी क्याम्पसका अध्यक्ष प्रकाश चुडाल , कनकाई उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कुमारमणि पोखरेल , कनकाई उद्योग वाणिज्य सङ्घका संस्थापक अध्यक्ष युवराज संग्रौला लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
जनप्रतिनिधि , नेपाल उद्योग वाणिज्य सङ्घका केन्द्रीय सदस्य , प्रदेश सदस्य , जिल्ला , नगर उद्योग वाणिज्य सङ्घका प्रमुख तथा प्रतिनिधि , राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि , विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि , शैक्षिक व्यक्तित्वहरू, सहयोगी दाताहरू , संघमा आबद्ध पूर्व पदाधिकारी लगायतको अतिथ्यता तथा व्यवसायीहरूको उपस्थितिमा भएको कार्यक्रममा उपस्थित सबैले स्वागत संघका वाणिज्य उपाध्यक्ष जविन तिम्सिनाले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन सङ्घका महासचिव सरोज सिटौलाले गर्नुभएको थियो ।


