Kanakai Online

झापा क्षेत्र नम्बर ४ का लागि स्थापना गरियो निर्वाचन अधिकृतको कार्यालय


शनिवार, माघ ४, २०८२ |

कनकाई अनलाईन
आगामी फागुन २१ ग्ते हुने संघिय निर्वाचनको प्रयोजनका लागि झापा क्ष््रोत्र नम्बर ४ को लागि यहाँस्थित तुर्सा हेमरम स्मृति प्रतिष्ठानको कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
जिल्लाभर सबै स्थानमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा झापा क्षेत्र नम्बर ४ का लागि सुरुङ्गास्थित उद्योग वाणिज्य संघको कार्यालयमा स्थापना गर्ने भनि पत्राचार समेत गरिएपनि कनकाई उद्योग वाणिज्य संघमको सभाहलमा विवाह लगायातका कार्यालमका लागि बुक गरिएको तथा कनकाई उद्योग वाणिज्य संघलाई आफैपनि निर्वाचन लागिसकेका कारण ढिला गरि तुर्सा हेमरमको कार्यालयमा निर्वाचनको कार्यालय राखिएको बताइएको छ ।
झापाका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद गेलाल, निर्वाचन आयुक्त भीम भुर्तेल, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, उपप्रमुख आशाशर्मा शिवाकोटी, शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्की, यहाँका अन्य राजनैतिक दलका प्रतिनिधिहरु नेपाली कांग्रेसका नगर सभापति दुर्गा प्रसाई, .रावस्पाका कनकाई नगर सभापति मोहन थापा, नेपाली कम्युनिष्ट पार्टीका डिल्ली पाठक, श्रम सस्कृति पार्टीका जिल्ला उपाध्यक्ष सुमन पोखरेल, उम्मेद्धार अमृता राई, नेता लीलाबहादुर कन्दङवा, सहायक निर्वाचन अधिकृत क्षेत्रप्रसाद शर्मा, यहाँस्थित जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो ।
निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्नुहुदै झापाका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद गेलालले प्रतिनिधि सभाको निर्वाचनका लागि सबै प्रक्रियाहरु निर्वाचन कार्यालयको कार्यातालिकाअनुसारनै गरिने बताउँनुभयो । आगामी माघ ६ गते उम्मेद्धार दर्ताका लागि यहाँका उम्मेद्धार र पार्टीहरुसग समन्वय गरि समय उपलब्ध गराईने समेत झापा क्षेत्र नम्बर ४ का सहायक निर्वाचन अधिकृत क्षेत्रप्रसाद शर्माले बताउँनुभयो ।
झापा ४ मा निर्वाचन कार्यालय स्थापना भएसगै यहाँका नयाँ पूराना उम्मेद्धारविच सरगर्मी बढेको छ । यस क्षेत्रमा निर्वाचिनत एमालेका उम्मेद्धार लालप्रसाद साँबा एलपी र अन्य उम्मेद्धारहरु विच चर्को प्रतिस्पर्धा हुने निश्चित देखिएको छ । यस क्षेत्रमा अघिल्ला २ निर्वाचनमा एमालेका सांसद साँबा निरन्तर विजयी हुदै आएका छन । झापा ४ मा रास्वपाबाट सम्भु सुस्केरा, कांग्रेसबाट पुरानै उम्मेद्धार देउमान थेबे, नेपाली कम्युनिष्ट पार्टीबाट पुर्व मन्त्री समेत रहेका झलकसिंह दर्लामी शन्देश , श्रम सस्कृति पार्टीबाट अमृता राईविच मुख्य प्रतिस्पर्धा रहने निश्चित छ ।