कनकाई अनलाईन

आज बिहानै झापाको पवित्र कनकाई माईवेनी मेला भर्न जादै गरेको जीप र अर्को यात्रुवाहक बस एक आपसमा जुध्दा झापा कनकाई नगरपालिकामा २ जनाको मृत्यु भएको छ ।
झापा कनकाई नगरपालिका ३ स्थित नयाँ बस्तीमा बिहीवार साढे ९ बजेको समयमा बिर्तामोडबाट पश्चिमतर्फ कनकाई माईवेनी मेला भर्न जादै गरेको मे १ च ४५१५ नम्बरको पिकअप र अर्को विपरित दिशातर्फ जादै गरेको ना ५ ख २१४९ नम्बरको यात्रुवाहक बस एक आपसमा जुध्दा पिकअपमा रहेका भद्रपुर नगरपालिका ८ बस्ने बर्ष ४० की सुस्मा राजवंशी र उनको छोरा डेढ बर्षिय छोरा आरुती राजवंशीको निधन भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । यसैगरि सोहि दुर्घटनामा परि थप ११ जना घाईते बनेका छन । घाईतेमध्ये केहीको अवस्था गम्भिर रहेको प्रहरीले बताएको छ । दुर्घटनामा परि मृतकका श्रीमान ४० बर्षिय आफुद राजवंशी समेत सख्त घाईते भएका छन । उनको टाउको र शरीरमा चोट लागेको प्रहरीले जनाएको छ । यसैगरि मृतककै छोरा १५ बर्षिय आशिस राजंवंशी समेत घाईते बनेका छन । कनकाई नगरपालिका ३ स्थित एशियान हाईवेको ड्राईभेसनमा उक्त दुर्घटना भएको हो । यस दुर्घटनामा अन्य घाईतेहरुमा झापा मेचीनगर नगरपालिका १५ निवासी ६५ बर्षिय फुलमनि मुर्मु, ४२ बर्षिय जमुना राजवंशी, ११ बर्षिय अनिस राजवंशी, झापा भद्रपुर नगरपालिका ४ निवासी ४० बर्षिय पुस्पलाल राजवंशी, भद्रपुर नगरपालिका ९ निवासी ४० बर्षिय टेमुना राजवंशी, शिवसताक्षी नगरपालिका १० निवासी २९ बर्षिय अन्जली राई, बिर्तामोड नगरपालिका ३ निवासी २४ बर्षिय अभिषेक राजवंशी, मेचीनगर नगरपालिका १५ निवासी १५ बर्षिय कृतिका राजवंशी, भद्रपुर नगरपालिका ४ निवासी ४५ बर्षिय पाथल राजवंशी घाईते भएकी छिन घाईतेहरुको बिर्तामोडस्थित बिएण्डसी र बिर्तासिटी अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । घाईतेहरु सबै पुर्वको पवित्र माईवृेनी मेला भर्न जादै गरेका तीर्थयात्रीहरु रहेको बताइएको छ ।
यता कनकाई नगरपालिका ४ स्थित कनकाई माईपुलमा पहिचान नखुलेको एक सेतो रङ्गको कारले मोटरसाईकललाई ठक्करदिदा मोटरसाईकल चालक कनकाई नगरपालिका ४ निवासी ३५ बर्षिय कमल पराजुलीको मृत्यु भएको छ । बा एबी २१२६ नम्बरको मोटरसाईकलमा पश्चिमबाट पुर्वतर्फ जादै गरेको मोटरसाईकललाई नम्बर नखुलेको सेतो रङ्गको कारले ठक्करदिदा टाउकोमा गम्भिर चोट लागि उपचारका लागि बिर्तामोडमा लैजादा चिकित्सकले बुधवार राती ९ः २० बजे मृतक घोषणा गरेको प्रहरीले जनाएको छ । यता ठक्करदिने कारको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


