
कनकाई अनलाईन
झापाको कनकाई माई नदि पुर्वी तट कोटीहवनमा परम्परादेखि लाग्दै आइरहेको ऐतिहासिक माईवेनी धार्मिक मेला यस बर्ष समेत पुस २९ गतेदेखि माघ २ गतेसम्म ४ दिनसम्म लाग्ने भएको छ ।
माईवेनी मेलाको तयारी पूरा गरिसकिएको कनकाई धार्मिक माईमेला समितिले पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको छ ।
यसबर्ष सधाका बर्षहरुमा भएका कमि कमजोरीलाई समेत सच्चाइदै मेला थप व्यवस्थित रुपमा लगाइने कनकाई माईवेनी मेलाका अध्यक्ष इन्द्र पुलामी मगरले जानकारी दिनुभयो । पुलामीका अनुसार यस बर्ष समेत नेपाल भारत तथा भुटानबाट समेत ७ लाख बढी भक्तजनहरु मेला भर्न आउने अनुमान गरिएको छ । भक्तजनको सुविधालाई ध्यानमा रोखेर ३ प्रकारका सुरक्षा राखिएको छ । जसमा पहिलो लाईनमा आयोजक समितिका स्वयमसेवकहरु परिचालन गरिएको छ जसमा आयोजक समितिका सदस्यहरु र पदाधिकारी समेत खटिने छन । दोस्रो तहमा जनपद प्रहरीका ५०० वढी प्रहरीहरु र यातायात व्यावस्थानका लागि ट्राफिक प्रहरीहरु समेत सामेल हुने छन । यसैगरि तेस्रो तहमा सशस्त्र प्रहरीको २ गुल्मलाई समेत सुरक्षाका लागि राखिने आयोजन समितिले जनाएको छ । यातायातको व्यावस्थापनलाई बढी भिडभाड हुने दिन माघ १ गतेका दिन सुरुङ्गादेखि कोटीहवन क्षेत्रसम्मको क्षेत्रलाई एकतर्फी बनाइने छ ।
धार्मिक मेला भएपनि यस मेलालाई थप मनोरञ्जनात्कम बनाउनका लागि नेपालकै ठुुलो रोटेपिङ्ग लगायातका ५० बढी आईटमका खेल तमासाहरु राखिने छ । भने खाद्य परिकार र लक्ताकपडा लगायातका विभिन्न घरायसी सामाग्रीहरुको विक्री कक्षहरु समेत राखिएको छ ।
पत्रकार सम्मेलनमा कनकाई नगरपालिकाका वडानम्बर ४ का वडाअध्यक्ष रोषन सुवेदीले मेलालाई सम्भ र भव्य बनाउनका लागि सबै पक्षको सहयोगको लागि अपिल गर्नुभयो । हामीले कनकाई माईवेनी मेलालाई यस क्षेत्रको धर्म सस्कृति किवदंती र पर्यटकिय क्षेत्रको प्रचारका लागि समेत हेरेका छौ यहाँ आउने हरेक पर्यटकहरुको स्वागतमा सबै कनकाईवाशी खटिनुहुने छ वडाअध्यक्ष सुवेदीले भन्नुभयो ।
कनकाई माईवेनी मेला भर्न नेपालका प्राय सबै जिल्ला र खासमा भारत र भुटानबाट समेत लाखौ धर्मप्रेमी श्रद्धाल्ु भक्तजनहरु आउने गरेका छन । माघ १ गते मकर स्नान गरेर तिल र तरुलहरु खानाले मनोकामना पूरा हुने जनविश्वास रहिआएको छ । कनकाई माईमा मकर स्नान गर्नाले पाप कर्मबाट छुटकारा र छालाको रोग समेत निको हुने जनविश्वास रहिआएको छ । कनकाई नगरपालिकाले यसबर्ष समेत आगो बाल्ने र कनकाई नदिमा मकर स्नानका लागि जलको व्यावस्थापन गरिदिएको छ ।
पत्रकार सम्मेलनमा कनकाई धार्र्मिक मेलाका उपाध्यक्ष सन्तोस श्रेष्ठ, सचिव छवि थपलिया, कोषाध्यक्ष निश्चल खतिवडा सदस्य अर्पण राई लगायातले मेलाको तयारीका वारेमा बताउँनुभएको थियो ।



