Kanakai Online

झापामा इण्डो नेपाल मेचीनगर मिडिया कपको खेल तालिका सार्वजनिक


मङ्गलवार, पौष २२, २०८२ |

कनकाई अनलाईन
इण्डो नेपाल मेचीनगर मिडिया कप २०८२को खेल तालिका सार्वजनिक भएको छ । आयोजक प्रेस क्लब मेचीनगरले सोमवार एक कार्यक्रमका बिच यहि पुस २७ र २८ गते हुन लागेको मिडिया कपको खेल तालिका सार्वजनिक गरेको हो ।

नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरी, प्रेस क्लब मेचीनगरका संस्थापक अध्यक्ष सन्तोष आर्चाय तथा पुर्व अध्यक्ष ज्ञानेन्द्र निरौला लगायतले खेल तालिका सार्वजनिक गरेका हुन ।

भारतका २ तथा नेपालका ६ पत्रकारहरुको टोली बिच हुने मिडियाकपको पहिलो दिन पुस २७ गते ४ खेल हुनेछन् । भद्रपुर प्रेस क्लब र अर्जुनधारा प्रेस क्लब बिच उदघाटन खेल हुनेछ । दोस्रो खेलमा आयोजक मेचीनगर प्रेस क्लब र कन्काइ सुरुङ्गा प्रेस क्लब बिच प्रतिस्पर्धा हुनेछ ।
तेस्रो खेलमा दार्जिलिङ्गको तेराइ प्रेस क्लब र दमक पत्रकार मञ्च भिड्ने छन् भने चौथो खेलमा सिक्किम बगांलको टिम इण्डिया र बुद्धशान्ति प्रेस क्लब आमने सामने हुनेछन् ।

दोस्रो दिन पुस २८ गते दुइ सेमिफाइनल तथा फाइनल खेल हुने तय भएको आयोजक संस्थाका अध्यक्ष प्रकाश पौडेलले जानकारी दिए । खेल मैदान सम्याउने लगायतका अन्य व्यवस्थापनका काम तीब्र रुपमा भइरहेको आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्राविधिक सहयोग झापा जिल्ला फुटबल संघले गरेको छ । मिडिया कपको विजेताले नगद ५० हजारसहित ट्रफी, शिल्ड तथा प्रमाण पत्र तथा उपविजेता टिमले नगद २५ हजार रुपैयाँ प्राप्त गर्नेछ । सञ्चारको क्षेत्रबाट पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले पहिलो पटक मिडियाकप आयोजना गरिएको हो ।