Kanakai Online

अहिले झापामा बुद्ध एयरको जहाज दुर्घटना मानविय क्षति भने भएन


शुक्रवार, पौष १८, २०८२ |

कनकाई अनलाईन
झापाको चन्द्रगढी बिमानस्थलमा शुक्रवार आज राती ९ः १० बजेको समयमा काठमाण्डौबाट भद्रपुरतर्फ उडेको बुद्धएयरको जहाज एयरर्पोटमा अवतरणका क्रममा दुर्घटनामा परेको छ ।


५१ जना यात्रु र ४ जना चालक दलका सदस्य रहेको एटिआर ७२ बुद्ध ९०१ एयर भद्रपुरमा लैण्ड गर्ने क्रममा फलाईट रन वे को पुर्वतर्फ ओभररनभई ३०० मिटर पुर्वतर्फ जहाज गएर पैनीमा जोतिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । जहाज नालीमा फसी दुर्घटना भएपनि तत्काल उद्धार कार्य गरिदा कुनै मानविय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक खगेन्द्रबहादुर खड्काले बताउँनुभयो ।
जहाज दुर्घटनाको खबर पाउनसाथ तत्काल जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी उपरिक्षक राजन लिम्बुको नेतृत्वमा ७० जना प्रहरीको टोली खटि सबैलाई जहाजबाट सकुशल बाहिर निकालिएको प्रहरीले जनाएको छ । उक्त जहाँज काठमाण्डौबाट राती २०ः२३ बजे भद्रपुरका लागि उडेको समेत बताइएको छ । यस घटनावारेमा प्रहरीले थप अनुसन्धान थालेको जनाएको छ । दुर्घटनास्थलमा तत्काल प्रहरी र स्थानीय मिलेर यात्रुको उद्धार गरेका थिए । हाल दुर्घटनास्थलमा ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ ।