Kanakai Online

एसियान हाईवे मृ,त्यु मार्ग बन्दै, मालवाहक ट्रकको ठक्करदिदा युवतीको म,ृत्यु


शुक्रवार, पौष १८, २०८२ |

कनकाई अनलाईन
झापाको मेचीनगर ६ स्थित निर्माणाधीन एसियाली राजमार्गको पालिया पुलमा बिहीबार राति मालवाहक ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ३३ वर्षीया लक्ष्मी साहको मृत्यु भएको छ ।
काँकडभिट्टाबाट विर्तामोडतर्फ आउँदै गरेको अवस्थामा साह सवार प्र १–०१–०१३ प ५८८८ नम्बरको स्कुटरलाई पिबी ०२ बिआर ७७६५ नम्बरको मालवाहक ट्रकले ठक्कर दिँदा उनको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार दुर्घटनामा गम्भीर घाइते भएकी मेचीनगर–६ निवासी साहलाई तत्काल उपचारका लागि धुलाबारीस्थित मेची आम्दा अस्पताल पुर्याइए कोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रहरीले ट्रकका चालक भारत पञ्जावको अमृतसर निवासी ३६ वर्षीय सन्दीप सिंहलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालयको हिरासतमा राखेको छ ।

निर्माणाधीन एसियाली राजमार्गको अव्यवस्थित डाइभर्सन र हिलाम्मे सडकका कारण सर्वसाधारणले सास्ती बेहोर्नुपरेको गुनासो वढेको छ । गत पुस ५ गते साँझ समेत विर्तामोड–६ स्थित बुट्टाबारी चिया बगान नजिकको डाइभर्सनमा मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको थियो ।

राजमार्गको काँकडभिट्टा–विर्तामोड खण्डमा डाइभर्सन र सङ्केत चिह्नहरु देख्नेगरी नराखिएका र चिप्लो माटो भरिएको सडकमा पानी खन्याउँदा सडक हिलाम्मे हुने हुदा दुर्घटनाको जोखिम बढेको हो ।