Kanakai Online

कनकाईमा प्रथम वार्डस्तरीय क्रिकेट सुरु १ र २ को बिजयी सुरुवात


बिहिवार, पौष १०, २०८२ |

कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका ५ तुलसीवारीस्थित देवकोटा प्राविको खेल मैदानमा आजबाट प्रथम टी ट्वान्टी वार्डस्तरीय क्रिकेट प्रतियोगिता सुरु भएको छ ।
यहाँस्थित न्यु रेलिमाई युवा क्लवको आयोजना तथा गर्ग फाउण्डेशन कनकाई ५ को सहआयोजनामा आयोजित क्रिकेट प्रतियोगितामा कनकाई नगरपालिकाका सबै ९ वार्डका एक एक टिम सहित १० टिमको सहभागिता रहेको छ । खेलमा वार्डनम्बर ५ का भने २ टीम सहभागि छन ।
आजै भएको उद्घाटन खेलमा वार्डनम्बर १ र २ नम्बरको टिम आआफ्नो खेलमा बिजयी हुदै दोस्रो चरणमा प्रवेश गरेको छन । समय अभावमा १५ ओभरमा छोट्याइएको खेलमा वार्डनम्बर १ ले ६ लाई ६ विकेटले पराजित गर्दै बिजयी बनेको हो । पहिले ब्याटिङ्गमा आएको ६ नम्बरले ६४ रनमात्रै जोडन सक्यो । ६५ रनको लक्ष्य १ नम्बर वार्डले ४ विकेटको क्षतिमा पूरा गर्यो । १ नम्बरका लागि केशव चौधरीले सर्वाधिक २४ रन जोडको साथै २ विकेट समेत लिएपछि १ नम्बरले सहज जित प्राप्त गर्यो । आजको पहिलो खेलको म्यान अफ द म्याच १ नम्बरका खेलाडी केशव चौधरी बने । यता ६ नम्बरका खेलाडी पुजन थापाले आफ्नो टिमका लागि सर्वाधिक २५ रन जोडेपनि अन्य कुनै पनि ब्याटमेनले दोहोरो स्कोरको रन जोडन नसक्दा पराजित बन्न पुगेको हो ।
यता आजै भएको दोस्रो खेलमा वडानम्बर ५ को बी टिमलाई ७ विकेटले हराउँदै २ नम्बरले सहज जित दर्ता गरेको छ । पहिले ब्याटिङ्ग गरेको ५ को टिमले ७४ रन जोडेको थियो । १५ ओभरको खेलमा २ का खेलाडीले विस्पोटक ब्याटिङ्ग गर्दै ८ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य सहज प्राप्त गरे । २ का खेलाडी रोहन ढकालले ४ विकेट लिएका थिए भने अंगत बास्तोलाले सर्वाधिक २९ रन जोडेका थिए । यता ५ का खेलाडी करण खड्काले सर्वाधिक २२ रन जोडेपनि यो जितका लागि भने पर्याप्त भएन । आजको दोस्रो खेलमा ४ विकेट लिएका २ नम्बरका खेलाडी रोहन ढकाल म्यान अफ द म्याच बने उनले नगद सहित ट्रफि प्राप्त गरे ।
आगामी पुस १५ गतेसम्म हुने प्रतियोगितामा भोली शुक्रवार समेत २ खेल हुने छ । पहिलो खेल वार्डनम्बर ९ र ५ बिच हुने र दोस्रो खेल ३ र ७ बिच हुने सहआयोजक गर्ग फाउण्डेशनका संस्थापक रोषन चुडालले बताए ।
यता कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले नेपालमा कुनै एक समय राष्ट्रिय खेलकै रुपमा रहेको डण्डिबियो र कबर्डी खेलका कारण विश्वसामु आफ्नो देशलाई चिनाइरहेको बताउँदै अहिले डण्डिबियोकै विकसित रुपका रुपमा क्रिकेट खेल भएको बताउँनुभएको छ ।
झापाको कनकाई नगरपालिका तुलसीवारीमा आजदेखि सुरु भएको प्रथम वार्डस्तरीय टि २० क्रिकेट खेलको समुदघाटन गर्नुहुदै कार्यक्रममा प्रमुख अतिथि समेत रहनुभएका नगरप्रमुख पोखरेलले हिजोका दिनमा हामी फुटबलमा बढि केन्द्रित भइरहेकोमा अहिले हामी क्रिकेटलाई महत्व दिन थालेको र नगरले समेत यस खेलको विकासका लागि लागि परिरहेको बताउँनुभयो । लगानी अनुसारको छोटो समयमा समेत हामीले क्रिकेटबाट प्रतिफल उठाउन सकेको नगरप्रमुखको भनाई थियो । क्रिकेटकै कारण हामी सम्पुर्ण देशवाशीको शिर गर्बले ठाडो बनेको भन्दै क्रिकेट खेलकै कारण खेलाडीहरुले नेपालको पहिचान विश्वसामु बनिसकेको बताउँनुुभयो । कनकाई नगरपालिका क्षेत्रबाट समेत राष्ट्रिय खेलाडी उत्पादन गर्न सफल बनेको भन्दै खेलाडीलाई जित्नका लागि मात्रै नभएर मैले कति राम्रो काम गर्न सक्छु भन्नेमा मेहनत गरेर लाग्न समेत सुझाव दिनुभयो । कनकाई नगरपालिकाले अबका बाकी दिनहरुमा क्रिकेट खेललाई बढी महत्व दिदै जाने नगरप्रमुख पोखरेलको भनाई थियो ।
यसैविच कनकाई नगरप्रमुख पोखरेलले आजबाट कनकाई नगरपालिका ५ तुलसीवारीस्थित देवकोटा प्राविको खेल मैदानमा सुरु भएको प्रथम वार्डस्तरीय क्रिकेट प्रतियोगिताको सुरुवात गर्नुभयो । कनकाई ५ का वडाअध्यक्ष कृष्णबहादुर राईले वलिङ र नगरप्रमुख पोखरेलले ब्याटिङ गरेर उक्त क्रिकेट खेलको सुभराम्भ गर्नुभयो । न्यु रेलिमाई युवा क्लवको आयोजना तथा गर्ग फाउण्डेशन नेपालको सहआयोजनामा आयोजित क्रिकेट प्रतियोगितामा कनकाई नगरपालिकाका ९ वटै वार्डका एक एक टिम र वडानम्वर ५ को २ टिम गरि १० टिमको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद ४५ हजार ५५५ रुपैँया र दोस्रो हुने टिमले नगद २५ हजार ५५५ रुपैँया प्राप्त गर्ने आयोजक समिति न्यु रेलिमाई युवा क्लवका अध्यक्ष भुपालमानसिंह कार्कीले कनकाई अनलाईनलाई बताउँनुभयो ।