Kanakai Online

कनकाई नगर प्याब्सनको सास्कृतिक कार्यक्रममा प्यारागनको कब्जा


सोमवार, मंसिर ३०, २०८२ |

कनकाई अनलाईन
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल कनकाई प्याब्सको सास्कृतिक प्रतिस्पर्धामा यहाँस्थित प्यारागन एकाडेमीका विद्यार्थीले प्राय सबै प्रथम स्थानमा बिजयी हासिल गरेका छन ।


यसअघिका प्रतिस्पर्धामा समेत जिल्लाकै प्रथम स्थान समेत हासिल गरेर इतिहास रचेको प्यारागन एकाडेमीले आफ्नो इतिहासको निरन्ततालाई कायम राख्दै सास्कृतिक विधाको गायन, र सास्त्रीय नृत्य तर्फको विधागत पुरस्कारमा प्रथम स्थान हासिल गरेको हो । प्यारागनले शास्त्रीय तर्फको नृत्यको सिनियर र जुनियर दुबै तर्फको दुबै विधामा प्रथम स्थान हासिल गरेको छ । यसैगरी १२ बर्ष मुनिको गायन तर्फ समेत प्यारागनले प्रथम स्थान हासिल गरेको छ ।
कक्षा ११÷१२ को प्रतिस्पर्धामा भने गायनमा झापा मेरिगोल्ड अंग्रेजी मावि प्रथम, हरिकुल दोस्रो र पशुपति अंग्रेजी माविले तेस्रो स्थान हासिल गरेको छ । यता १२ बर्ष माथिकाहरुको गायनतर्फ पशुपति अंग्रेजी मावि प्रथम अरुणोदय मावि दोस्रो र प्यारागन एकाडेमीले तेस्रो स्थान हासिल गरेको छ । यता १२ बर्ष मुनिको गायनमा प्यारागन एकाडेमी प्रथम पशुपति दोस्रो र ग्लोबल एडुकेयरले तेस्रो स्थान हासिल गरेको छ । सास्कृतिक नृत्य विधातर्फ समेत जुनियर तर्फ प्यारागन एकाडेमी प्रथम पाथिभरा एकाडेमी दोस्रो हाम्रो पाठशालाले तेस्रो स्थान हासिल गर्दा सिनियर तर्फको शास्त्रीय विधाको नृत्यमा प्यारागन एकाडेमी प्रथम अरुणोदय दोस्रो र पशुपति अंग्रेजी माविले तृतीय स्थान हासिल गरेका छन ।
विधागत प्रतिस्पर्धामा प्रथम हुने विद्यार्थीले जिल्ला स्तरीय नृत्य तथा गायन प्रतिस्पर्धामा सहभागिता जनाउन पाउने कनकाई नगर प्याब्सनका अध्यक्ष विनोद उप्रेतीले बताउँनुभयो ।
यसैविच अरुणोदय अंग्रेजी मावि कनकाई ९ को प्राङ्गणमा आयोजित कार्यक्रममा प्राज्ञ पवन राजवंशी र शिक्षासेवी केशव वेडारीलाई सम्मान गरेको छ ।
कनकाई नगर प्याब्सनद्धारा हिजो शनिवार आयोजित साङ्गीतिक कार्यक्रममा दुबैजनालाई सम्मान गरिएको थियो ।
कनकाई नगरपालिका निवासी दुबैजनालाई आआफ्नो कर्म क्षेत्र र शिक्षा क्षेत्रमा पुर्र्याएको योगदानको कदर गर्दै सम्मान गरिएको कनकाई नगर प्याब्सनका अध्यक्ष विनोद उप्रेतीले बताउँनुभयो । सम्मानित कनकाई ९ घैलाडुब्बा निवासी राजवंशी कुशल चित्रकार सफल पत्रकार र प्रशिक्षक समेत रहनुभएको छ । उहाँ यसअघि समेत ४ दर्जन विभिन्न सम्मानबाट सम्मानित व्याक्तित्व समेत रहनुभएको भएको छ ।
यता केशव वेडारी लामो समयदेखि निजि विद्यालय सञ्चालन गरेर समाजमा शिक्षाको ज्योति बाल्नु भएको व्याक्तित्व रहनुभएको छ ।
दुबैजनालाई कनकाई नगरपालिकाका कार्यवाहक नगरप्रमुख समेत रहनुभएकी नगरपालिका उपप्रूमुख आशा शर्मा शिवाकोटीले सम्मानित गर्नुभयो ।
कार्यक्रममा प्याब्सनका पुर्व केन्द्रिय सदस्य एलपी उप्रेती, प्रदेश सदस्य भानु राजवंशी, जिल्ला अध्यक्ष छत्र कार्की, सचिव लक्ष्मी उप्रेती, जिल्ला सहसचिव बिनोद सुब्बा लगायातको आतिथ्यता रहेको थियो ।
प्याब्सन कनकाईका कोषाध्यक्ष बिमान लामाले स्वागत गरेको कार्यक्रममा सञ्चालन सचिव गोकुल उप्रेतीले गर्नुभएको थियो ।